close

चीनमा एनभिदियाका चिप बिक्री गर्न अमेरिकाले लगायो रोक

टेकपाना टेकपाना

भदौ १६, २०७९ १७:१३

चीनमा एनभिदियाका चिप बिक्री गर्न अमेरिकाले लगायो रोक

काठमाडौं । एनभिदिया कर्पले चीनमा एआई चिप बिक्री गर्न नपाउने भएकाे छ । अमेरिकाले आर्टिफिसियल इन्टिलिजेन्स (एआई)का लागि प्रयोग हुने एनभिदियाका मुख्य दुई कम्प्युटिङ चिप चीनमा निर्यात गर्न रोक लगाएको हो ।

अमेरिकाको यो कदमले इमेज रिकग्निशन जस्ता एड्भान्स क्षेत्रमा काम गर्ने चिनियाँ कम्पनीहरू प्रभावित हुने विश्लेषण गरिएकाे छ ।

त्योभन्दा पनि अमेरिकी कम्पनी एनभिदिया आफैंले पनि ठूलो बजार गुमाउने छ ।

विषेशगरी चीन र ताइवानबीच देखिएको दरारलाई लिएर अमेरिकाले यो खालको कदम चालेको बताइएको छ ।

अमेरिकी सरकारले चीनलाई चिप बिक्रीमा प्रतिबन्ध लगाएको विषय बाहिरिएसँगै बजारमा एनभिदियाको शेयर मूल्य ६.६ प्रतिशतले घटेको छ ।

खबर अनुसार अमेरिकाले ‘ए१००’ र ‘एच१००’ चिप निर्यातमा राेक लगाएकाे हाे ।

कम्पनीले मसिन लर्निङको क्षमतालाई विस्तार गर्न यी चिप तयार पारेको हो ।

एनभिदियालाई चीनमा चिप बिक्रीमा रोक लगाएसँगै प्रतिस्पर्धी कम्पनी एड्भान्स माइक्रो डिभाइस (एएमडी)को समेत शेयर मूल्य घटेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३