काठमाडौं । नोकिया मोबाइलले अमेरिकामा आफ्नो उपस्थितिलाई बलियो बनाउने क्रम जारी छ । अमेरिकामा सर्वाधिक प्रयोग हुने स्मार्टफोन ब्रान्डमा नोकिया उत्कृष्ट पाँचमा पुगेको छ।
हालै इन्टरनेशनल डेटा कर्पोरेशन (आईडीसी) ले सार्वजनिक गरेको रिपोर्ट अनुसार अमेरिकामा सबै भन्दा धेरै प्रयोगमा आउने स्मार्टफोन ब्रान्डमा नोकिया पाँचौं स्थानमा पुग्न सफल भएको हो । रिपोर्टका अनुसार सन् २०२२ को दोस्रो त्रैमासिकमा अमेरिकी प्रयोगकर्ताले प्रयोग गर्ने स्मार्टफोनहरू मध्ये नोकियाको सी१०० फोन १५औं स्थानमा छ । पहिलो त्रैमासिकको तुलनामा यो बृद्धि उल्लेखनिय रहेको रिपोर्टले देखाएको छ ।