close

गुगल प्लेमा डोनाल्ड ट्रम्पको ‘ट्रुथ सोसल’ प्रतिबन्धित 

टेकपाना टेकपाना

भदौ १८, २०७९ १२:५६

गुगल प्लेमा डोनाल्ड ट्रम्पको ‘ट्रुथ सोसल’ प्रतिबन्धित 

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल एप ‘ट्रुथ सोसल’ माथि गुगल प्ले स्टोरमा प्रतिबन्ध लगाइएको छ । 

ट्रुथ सोसलले शारीरिक आक्रमणको धम्की दिने र हिंसालाई उक्साउने जस्ता सामग्रीलाई निषेध गर्ने प्ले स्टोरको नीतिहरू उल्लङ्घन गरेकोले यसमाथि प्रतिबन्ध लगाएको बताइएको छ । यसको अर्थ हो अब एन्ड्रोइड फोनमा यो एप डाउनलोड गर्न सकिने छैन । 

हुन त यही फेब्रुअरी देखि एप्पलको एप स्टोरमा पनि यो एप उपलब्ध गराइएको छ । तर एन्ड्रोइड फोनमा धेरै डाउनलोड भएको कारण यसको प्रयोगकर्ताको संख्या भने प्रभावित हुनसक्छ । 

गत हप्ता मात्रै ट्रुथ सोसलका सीईओ डेभिड नन्सले प्ले स्टोरमा यो एप उपलब्ध हुने वा नहुने भन्ने कुरा गुगलको हातमा रहेको अभिव्यक्ति दिएको बीबीसीले जनाएको छ । सीईओ डेभिडले गुगलले एकाधिकार जमाएको भन्दै आरोप पनि लगाएको थियो । गुगलले भने आफ्नो नियम विपरित गएको कारण एपमाथि प्रतिबन्ध लगाएको भन्ने अभिव्यक्ति दिएको छ । 

बीबीसीमा प्रकाशित समाचार अनुसार अगस्ट १९ मा गुगलले ट्रुथ सोसललाई आफ्नो नियम उल्लंघन भइरहेको जानकारी गराएको थियो । यद्यपि यसविषयमा कम्पनीले कुनै कदम नचालेपछी गुगलले प्ले स्टोरमा ट्रुथ सोसललाई प्रतिबन्ध लगाएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३