close

मोबाइलबाट भिडिओ खिच्ने क्रममा भीरबाट लडेर दाङमा एक जनाको मृत्यु

टेकपाना टेकपाना

भदौ १९, २०७९ १४:५९

मोबाइलबाट भिडिओ खिच्ने क्रममा भीरबाट लडेर दाङमा एक जनाको मृत्यु

काठमाडौं । मोबाइलबाट भिडिओ बनाउने क्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका सल्यान रोडका ३४ वर्षीय नवीन केसी रहेका छन् ।

टेकपानासँग कुराकानी गर्दै जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी राजन पोखरेलले प्रारम्भिक अनुसन्धानबाट फोटो वा भिडिओ खिच्ने क्रममा चिप्लिँदा उक्त घटना भएको हुन सक्ने देखिएको बताए ।

“टिकटक नै बनाउनकै लागि भन्ने कुरा अझै यकिन भइसकेको छैन,” उनले भने, “बाटोमा अगाडि जाम भएपछि भीर नजिक भिडिओ खिच्न जाँदा चिप्लिएर लडेको हुनसक्छ ।”

शनिवार राति ९ बजेको समयमा तुलसीपुर-३ को साततले भन्ने ठाउँमा फोटो खिच्न जाँदा केसी भीरबाट चिप्लिएर तल खसेका थिए । घाइते केसीलाई उद्धार गरेर राप्ती प्रादेशिक अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

वास्तविक कारण के थियो भन्ने कुराका लागि अनुसन्धान भइरहेकाले यही कारणले घटना भएको भन्ने यकिन हुन नसकेको पोखरेलले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३