close

‘दशैँ धमाका’ आयोजना गर्न दराज र नबिल बैंकबीच सम्झौता

टेकपाना टेकपाना

भदौ १९, २०७९ १९:२२

‘दशैँ धमाका’ आयोजना गर्न दराज र नबिल बैंकबीच सम्झौता

काठमाडौं । नबिल बैंक र दराजबीच ‘दराज दशैँ धमाका’ महोत्सव आयोजना गर्ने सम्झौता भएको छ । नबिलले नजिकिँदै गरेको दशैँलाई लक्षित गर्दै यही आउँदो भदौ २९ गतेबाट दराज अनलाइनमा सामान खरिद गर्दा आफ्ना कार्ड वाहकलाई छुट दिने भएको हो ।

उक्त सम्झौतामा नबिलका तर्फबाट बैंकका रिटेल कारोबार प्रमुख निरज शर्मा र दराजका तर्फबाट अरुण फुँयालले हस्ताक्षर गरेका छन् । दराज दशैँ धमाकाको अवधिमा अनलाइन सामान खरिद गर्दा नबिलको डेबिट कार्ड मार्फत अग्रिम भुक्तानी गर्दा अधिकतम १५ प्रतिशत वा दुई हजारसम्मको छुट प्राप्त हुनेछ ।

त्यस्तै क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानी गर्दा अधिकतम २० प्रतिशत वा २५ सयसम्मको छुट प्राप्त हुने बैंकले जनाएको छ । यसका लागि ग्राहकले आफ्नो कार्ड ई-कमर्सको लागि सक्रिय गर्नुपर्ने जनाइएको छ ।

बैंकका रिटेल कारोबार प्रमुख शर्माका अनुसार यो सहकार्य आफैँमा एउटा उत्सव भएको बताए । महोत्सवले दराजका साथै नबिल कार्ड वाहक माझ छुट्टै उत्साह थपिने कुरामा आफू विश्वस्त रहेको दराजका अरुण फुँयालले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३