काठमाडौं । नेपाली बजारमा बेन्को ब्राण्डको सस्तो फोरजी स्मार्टफोन सार्वजनिक भएको छ ।
कम्पनीले ५००० एमएएचको ब्याट्रीसहित ‘बेन्को भी ७०’ मोडलको स्मार्टफोन ल्याएको हो ।
६.५१७ इन्चको एचडी प्लस लार्ज डिस्प्ले रहेको यो फोन २ जीबी र्याम तथा ६४ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा किन्न सकिन्छ ।
यो फोन एन्ड्रोइड ११ गो बाट सञ्चालित छ । फोनको पछाडि ८ मेगापिक्सेलको डुअल क्यामेरा छ । त्यस्तै फ्रन्ट क्यामेरा पनि ८ मेगापिक्सेलकै छ ।
साथै यसमा स्मार्ट फेस तथा फिङ्गरप्रिन्ट अनलक लगायतका सुविधा पनि छन् ।
शक्तिशाली ब्याट्री रहेकाले एक पटक फुल चार्ज गर्दा यो फोन स्ट्यान्ड बाई मोडमा ३१ दिनम्म टिक्ने कम्पनीको दाबी छ । नेपाली बजारमा यो फोनको मूल्य ११ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
चाँडै नै २ जीबी र्याम तथा ३२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा पनि याे फोन उपलब्ध हुने कम्पनीले जानकारी दिएकाे छ ।