close

सिड्स फर दि फ्युचरमा टिम नेपाल सहित ६ टोलीले जिते, अब ‘टेक फर गुड’ मा सहभागी हुने

टेकपाना टेकपाना

भदौ २०, २०७९ ७:४०

काठमाडौं । ह्वावेको फ्ल्यागशिप कार्यक्रम ‘सिड्स फर द फ्युचर’ अन्तर्गत नेपाल सहित छ टोली ‘टेक फर गुड’ का लागि छनौट भएका छन् ।

एसिया प्रशान्त क्षेत्रका १६ देशमा स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै ह्वावेले गत अगीटमा यो कार्यक्रम आयोजना गरेको थियो ।

नेपालबाट कुल सात जना विद्यार्थी उक्त कार्यक्रमका लागि छनोट भएका थिए । दुई सयभन्दा बढी विद्यार्थीबाट आएको आवेदनका आधारमा उत्कृष्ट ७ छनोट भएका थिए ।

छनौट भएका सात जना पहिलो पटक आयोजना भएको क्षेत्रीय ‘अनसाइट कार्यक्रम’ मा सहभागी हुन थाइल्याण्ड पुगका थिए । जहाँ उनीहरूले मेटाभर्स, फाइभजी, एआई र क्लाउडबारे ज्ञान हासिल गर्ने मौका पाएका थिए ।

सो अवसरमा उनीहरूले आफ्नो प्रोजेक्ट – अद्वैत  (Advait) लाई परिष्कृत गर्नका लागि राखिएका मेन्टरसँग समेत काम गरेका थिए । अगस्ट २७ मा भएको टेक फर गुड प्रतियोगितामा अद्वैत विजयी प्रोजेक्टहरूमध्ये एक थियो ।

एसिया प्रशान्त क्षेत्रका १६ देशका २४ टोलीले प्रतियोगितामा आफ्नो परियोजना प्रस्तुत गरेका थिए । जसमध्ये ७ टोली विजेताको रूपमा छनौट भएका हुन् ।

‘अद्वैत’ एउटा एप हो, जसले औषधिमा ठगी पत्ता लगाउन ब्लकचेन र एआई प्रयोग गर्छ ।

औषधिको प्रत्येक फाइलमा क्यूआरकोड राखेर क्यूआर कोड स्क्यान गरी खरिदकर्ताहरूलाई उत्पादन मिति, म्याद सकिने मिति, आधिकारिक वितरक तथा खुद्रा बिक्रेता मार्फत औषधि आएको हो कि होइन र त्यसको मूल्य कति हो भन्ने बारे जानकारी दिन्छ ।

टिम नेपालले अन्य ६ विजेता टोलीसँग अर्को हप्ता सिङ्गापुरमा टेक फर गुड एक्सिलेटर क्याम्पमा भाग लिनेछ ।

उक्त कार्यक्रममा उनीहरूले विज्ञहरूसँग भेट गर्नेछन् र सिङ्गापुरको नेसनल युनिभर्सिटी क्याम्पसमा आफ्नो आइडियाको सार्वजनिक डेमो दिने छन् ।

पछिल्लो अध्यावधिक: चैत ९, २०८० १:४५