close

अमेरिकामा एन्ड्रोइडभन्दा आईफोन चलाउने प्रयोगकर्ता धेरै

टेकपाना टेकपाना

भदौ २०, २०७९ १२:२०

अमेरिकामा एन्ड्रोइडभन्दा आईफोन चलाउने प्रयोगकर्ता धेरै

काठमाडौं । अमेरिकाको कुल जनसंख्याको ५० प्रतिशतभन्दा बढी जनसंख्याले एन्ड्रोइडभन्दा आईफोन प्रयोग गर्ने गरेको एक अध्ययनले निष्कर्ष निकालेकाे छ ।

सन् २००७ मा सार्वजनिक भएको आईफोनले पहिलो पटक अमेरिकी बजारमा एन्ड्रोइडलाई उछिनेको हो ।  घरेलु बजारमा एप्पलको स्थान सधैं बलियो नै छ ।

विश्वबजारमा पनि प्रिमियम स्मार्टफोनको बजारमा एप्पलको वर्चश्व छ । सन् २०१० मा आधुनिक स्मार्टफोनको प्रारम्भिक वर्षहरूमा एन्ड्रोइडले पहिलो पटक आईओएसलाई उछिनेको थियो र एप्पलले यो स्थान पुन: दाबी गर्न सकिरहेको थिएन ।

यद्यपि काउन्टरपोइन्ट रिसर्चले हालै सार्वजनिक गरेको नयाँ तथ्याङ्क अनुसार, आईफोनको सक्रिय प्रयोगकर्ता एन्ड्रोइडको भन्दा धेरै छ । एन्ड्रोइडसँगको आफ्नो अन्तरलाई एप्पलले विस्तारै मेटाउँदै लगेको रिपोर्टमा उल्लेख छ ।

स्मार्टफोनको बजार संकुचित हुँदै गइरहेको अवस्थामा उत्कृष्ट सेवा, सुरक्षा प्रत्याभुत, भिडिओ गेम लगायतका विभिन्न विशेषताका कारण एप्पलले आफ्नो बजार हिस्सा बढाउँदै लगिरहेको छ ।

यसका साथै कम्पनीको विभिन्न सब्सक्रिप्सन सेवाहरूले कम्पनीको आम्दानीको दायरालाई समेत बढाएको छ । आउँदो आईफोन १४ मा थप धेरै फिचरहरू देख्न सकिनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३