close

टिकटकमा ‘झिँगेदाउ’ चलचित्रका क्लिप, भिडिओ अपलोड गर्नेलाई हाेला त कारबाही ?

टेकपाना टेकपाना

भदौ २१, २०७९ २२:५५

टिकटकमा ‘झिँगेदाउ’ चलचित्रका क्लिप, भिडिओ अपलोड गर्नेलाई हाेला त कारबाही ?

काठमाडौं । नेपाली कथानक चलचित्र ‘झिँगेदाउ’का दृश्य टिकटकमा भेटिन थालेका छन् । गत शुक्रबार रिलिज भएको यो चलचित्रका दृश्य सोही दिनदेखि नै टिकटकमा अपलोड हुने क्रम चलेको थियो ।

केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाल, कुशल विष्ट लगायतको मुख्य अभिनय रहेको चलचित्रका पूरा दृश्य विभिन्न क्लिपमार्फत टिकटकमा अपलोड र शेयर भइरहेकाे छ भने यस्ता क्लिक हजाराैंले हेरेका छन् ।

टिकटकमा चलचित्रका क्लिप आउने क्रम नरोकिएपछि झिँगेदाउ निर्माण टोली तनावमा देखिएको छ ।

यसैबीच चलचित्र झिँगेदाउका निर्देशक तथा निर्माता ज्ञानेन्द्र देउजाले टिकटकका अपलोड गरिएका भिडिओ हटाउन टिकटकको मुख्य कम्पनीलाई ईमेल गरेको जानकारी दिएका छन् ।

सामाजिक सञ्जालमा दृश्य राख्ने कार्य गैरकानूनी भएकाे भन्दै यसविरुद्ध कानूनी लडाइँमा जान बाध्य हुने चेतावनी दिए ।

यसका लागि साइबर ब्यूरोसँग छलफल गरिरहेको उनले जानकारी दिए ।

पछिल्लो समय रिलिज भएका अन्य चलचित्रका दृश्य पनि टिकटक, युट्युब लगायतका सोसल मिडिया प्लेटफर्ममा लिक गर्ने प्रवृत्ति बढेको छ । तर पनि कानूनविपरीत अनलाइनमा पाइरेसी गर्नेहरुले उन्मुक्ति पाइरहँदा चलचित्र उद्योगले नोक्सान ब्यहोरिरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३