close

भोलि सार्वजनिक हुँदै जीपको पहिलो विद्युतीय कार, फुल चार्जमा ५०० किमिसम्म गुड्ने

टेकपाना टेकपाना

भदौ २२, २०७९ १४:८

भोलि सार्वजनिक हुँदै जीपको पहिलो विद्युतीय कार, फुल चार्जमा ५०० किमिसम्म गुड्ने

काठमाडौं । चर्चित अटो ब्राण्ड ‘जीप’ ले आफ्नो पहिलो विद्युतीय एसयूभी भाेलि बिहीबार सार्वजनिक गर्ने भएको छ । ‘बेबी जीप’ अर्थात् कम्पनीले सानो आकारको नयाँ विद्युतीय एसयूभी सार्वजनिक गर्ने तयारी गरेको हो ।

यसअघि सन् २०२३ मा मात्रै कम्पनीको पहिलो विद्युतीय एसयूभी सार्वजनिक हुने चर्चा चलेकाे थियो । तर, विद्युतीय कारको बढ्दो बजारलाई लक्षित गर्दै कम्पनीले भोलि नै सार्वजनिक गर्न लागेकाे विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

नयाँ विद्युतिय एसयूभीको नाम के हुनेछ भन्ने विषयमा भने कुनै जानकारी बाहिरिएको छैन । तर, याे गाडी कम्पनीको आइकाेनिक मोडल ‘कम्पास’ जस्तै हुने अनुमान गरिएको छ ।

पोल्याण्डमा निर्मित यो गाडी सेकेन्ड जेनरेसनको सीएमपी/ईसीएमपी प्लेटर्फमा आधारित हुने चर्चा छ ।

हाल जीप ब्रान्ड समेत स्टेलेन्टिस कम्पनी अन्तर्गत रहेको छ, जसमा फियाट र अल्फा ब्राण्डका गाडी समेत रहेका छन् । त्यो हुँदा यो विद्युतीय एसयूभी विश्व बजारमा फियाट र अल्फा रोमियो ब्रान्डमा समेत जाने अनुमान गरिएको छ ।

गाडीमा यसअघि कम्पनीको एसयूभी प्युजो २००८ मा उपलब्ध  विद्युतीय मोटर र पावरट्रेन हुने अनुमान गरिएको छ  । यसको अर्थ उक्त विद्युतीय मोटरले १३६ एचपी पावर प्रदान गर्नेछ । भने, यसको ब्याट्री क्षमता ५० किलोवाटआवर लिथियम आयन ब्याट्री हुने अनुमान गरिएको छ ।

नयाँ विद्युतीय जीप एसयूभीले एक पटकको फुल चार्जमा करिब ५०० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।

यो कार नेपाली बजारमा समेत चाँडै भित्रिने कम्पनीले जनाएको छ ।

जीप ब्रान्डको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू ग्रुपका अनुसार सन् २०२३ को मध्यतिरबाट नेपाली ग्राहकले जीपको नयाँ विद्युतीय गाडी प्रयोग गर्न पाउने छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३