close

बिरालोको ‘म्याउँ’ अब मानव आवाजमा सुन्न सकिने, तयार भयो मोबाइल एप

टेकपाना टेकपाना

भदौ २२, २०७९ १५:६

बिरालोको ‘म्याउँ’ अब मानव आवाजमा सुन्न सकिने, तयार भयो मोबाइल एप

काठमाडाैंँ । घरमा भएकाे बिरालाे बाेल्ने भए कस्ताे हुन्थ्याे हाेला ? अब याे पनि सम्भव भएकाे छ । सन् २०१९ मा बिरालाेका आवाजहरुमा गरिएकाे एक अध्ययनका आधारमा जापानी एप ड‍ेभलपरले म्याउँटक नामकाे एप बनाएका छन्, जसकाे मद्दतबाट बिरालाेले निकालेका विभिन्न आवाज मानव आवाजमा सुन्न सकिन्छ ।

एपले बिरालाेका विभिन्न आवाजहरु जस्तै ‘खाना खुवाऊ’, ‘रिस उठ्याे’, ‘म मायामा छु’ जस्ता कुरा मानव आवाजमा परिवर्तन गर्ने गर्दछ ।

एप निमार्ताका अनुसार याे एप  बिरालाेका आवाज मानवलाई सुनाएर मानिसहरूसँगकाे सम्बन्धलाई बलियो बनाउन मद्दत गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएकाे हाे ।

एपले बिरालोको आवाज पहिचान गरेर र त्यसलाई एपमा भएका १३ प्रि-सेट भोकलाइजेसनहरू मध्ये एउटामा लिङ्क गरी मानव आवाज निकाल्ने काम गर्दछ ।

साथै यस एपमा एलेक्जाले काम गर्ने शैली जस्तै विशेषता रहेकाे छ, जसले बिरालोको आवाजलाई स्वचालित रूपमा पत्ता लगाई अनुवाद गरेर मालिकहरूलाई पठाउने गर्दछ ।

निमार्ताले एपलाई सही तरिकाले काम गराउनका लागि मसिन लर्निङ प्रयाेग गरेका छन् । सन् २०२१ मा एपका अनुसन्धानकर्ताद्वारा गरिएकाे अध्ययनका अनुसार याे एपले ९० प्रतिशत सही तरिकाले काम गर्ने गरेकाे छ ।

हालसम्म बिरालाेको एघार संवेदनाहरु भएकाे आवाज यस एपले अनुवाद गर्दछ । साथै कतिपयय मानिसहरुले आफ्नाे बिरालाेकाे आवाज तिनीहरुकाे मृत्युपश्चात सुन्न पनि एपकाे प्रयाेग गर्ने गरेका छन् ।

यस एपले क्याप्चर गरेको बिरालाहरुका म्याउँहरुकाे रेकर्डिङहरू भण्डारण गर्ने गर्दछ ।

यस एप सार्वजनिक भएकाे केही समयमा नै जापानमा भाइरल भएकाे थियाे । हालसम्म यस एपलाई प्लेस्टाेर र एपस्टाेर दुवैमा गरी १७ कराेड बढी डाउनलाेड गरिएकाे छ ।

याे एप गुगल प्लेस्टाेरमा डाउनलाेड गर्न यहाँ र एप्पल एपस्टाेरमा डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३