close

सिङ्गापुरमा ह्वावेको ‘टेक टु बिल्ड योर करियर’ सेमिनार, विद्यार्थीले के-के सिके ?

टेकपाना टेकपाना

भदौ २३, २०७९ ११:४१

काठमाडाैं । ह्वावेकाे आयोजनामा गत साता सिंगापुरमा भएकाे ‘सीड्स फर दि फ्युचर’ कार्यक्रममा ‘टेक टु बिल्ड योर करियर’ नामक सेमिनार पनि सञ्चालन गरिएको थियाे ।

यसको उद्देश्य सहभागीहरूलाई प्राविधिक करियरको भविष्यबारे जानकारी दिनु र उद्यमशीलतालाई बढावा दिनु रहेको थियो ।

चार दिनसम्म सञ्चालन भएको याे कार्यक्रमका विद्यार्थीका लागि एक्सेलेरेटर क्याम्पको लागि मुख्य भाग रहेको ह्वावेले जनाएकाे छ । यसमार्फत प्रविधि क्षेत्रमा रूचि राख्ने विद्यार्थीका लागि विभिन्न विज्ञले तालिम एवं सहजीकरण प्रदान गरेका थिए ।

‘सीड्स फर द फ्युचर’ सन् २००८ देखि ह्वावेद्वारा सञ्चालित ग्लोबल फ्ल्यागशिप उपभोक्ता सम्बन्ध प्रणाली (सीआरएस) परियोजना हो ।

टेक्नाेलाेजी इनोभेसन र क्रस-कल्चरल एक्सचेन्जका माध्यमबाट अर्को पुस्ताका उद्यमीलाई प्रेरित गर्ने उद्देश्यका साथ पछिल्लो १४ वर्षमा १३७ देशका विभिन्न क्षेत्रबाट १२ हजारभन्दा बढी विद्यार्थीहरू यस कार्यक्रममा सहभागी भइसकेका छन् ।

२०२२ मा ह्वावेले सिङ्गापुरमा ‘सीड्स फर द फ्युचर’ कार्यक्रम अन्तर्गत कुल २०३ सहभागीहरूलाई तालिम दिएको थियो ।

ह्वावे एसिया प्यासिफिक सीड्स फर द फ्युचर २०२२ पहिलो पटक भदाै ३ मा बैङ्ककमा सुरु भएको थियो ।

नौ दिने डिजिटल बुट क्याम्पमा एसिया प्यासिफिक क्षेत्रका १६ देशका १२० उत्कृष्ट विद्यार्थीहरूले थाइल्याण्डमा क्रस-कल्चरल डिजिटल यात्राबाट लाभान्वित भएकाे ह्वावेले जनाएकाे छ ।

१२० जनामध्ये सातजना नेपाली सहित ३३ जना एक्सेलेरेसन क्याम्पको लागि छनोट भएका थिए । सिंगापुरमा रहँदा उनीहरूले विभिन्न प्राविधिक क्षेत्रका उद्यमीद्वारा मार्गदर्शन पाएकाे कम्पनीकाे भनाइ छ ।

पछिल्लो अध्यावधिक: बैशाख २, २०८१ १:३७