close

कम्प्युटर विज्ञान विषय समितिको अध्यक्षमा डा. दुवाडी

टेकपाना टेकपाना

भदौ २७, २०७९ १६:१६

कम्प्युटर विज्ञान विषय समितिको अध्यक्षमा डा. दुवाडी

काठमाडाैं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत पाठ्यक्रम विकास केन्द्रकाे कम्प्युटर विज्ञान विषय समितिकाे अध्यक्ष पदमा डा. बाबुराम दुवाडी नियुक्त भएका छन् ।

उनलाई पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका, २०७९ काे परिच्छेद ६ दफा १५ काे उपदफा १ (फ) बमाेजिम रहेकाे उक्त पदमा उपदफा ७ बमाेजिम नियुक्त गरिएकाे हाे ।

एक सूचना जारी गर्दै पाठ्यक्रम विकास केन्द्रले यसबारे जानकारी दिएको हो ।

साथै डा. दुवाडीबाट पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा परिमार्जनमा अमूल्य योगदान रहने अपेक्षा केन्द्रले राखेको छ ।

उनको कार्याकल चार वर्षको हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४