close

त्रिवि कम्प्युटर र इलेक्ट्रोनिक्स इन्जिनियरिङमा प्रवेश परीक्षाको आवेदन खुल्यो, कसरी दिने ?

टेकपाना टेकपाना

भदौ २८, २०७९ १०:४२

त्रिवि कम्प्युटर र इलेक्ट्रोनिक्स इन्जिनियरिङमा प्रवेश परीक्षाको आवेदन खुल्यो, कसरी दिने ?

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयकाे  इन्जिनियरिङ अध्ययन संस्थानले नयाँं शैक्षिक शत्र २०७९/०८० का लागि स्‍नातक तहमा भर्ना खुलाएकाे छ । संस्थानको प्रवेश परीक्षा बोर्डले एक सूचना जारी गर्दै कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्राेनिक्स, कम्प्युनिकेसन एण्ड इन्फरमेसन इन्जिनियरिङमा भर्ना खुलाएकाे हाे । 

इच्छुक विद्यार्थीहरूले असाेज २३ गते बिहान १० बजे देखि कात्तिक ६ गते साँझ  ५ बजेसम्म अनलाइनबाटै प्रवेश परीक्षाको फारम भर्न सक्ने छन् । यहाँ क्लिक गरी फाराम भर्न सकिनेछ । यी विषयहरूमा भर्ना हुन कक्षा ११ र १२ मा भाैतिकशास्त्र, रसायनशास्त्र र गणित लिइ उच्च माध्यामिक तहमा सी ग्रेड ल्याएकाे हुन पर्छ ।

यी विषयहरुकाे प्रवेश परीक्षा कात्तिक १६ गते देखि इन्जिनियरिङ अध्ययन संस्थान, सूचना तथा सञ्चार प्रविधि केन्द्र (आईसीटीसी) पुल्चाेकमा हुने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४