close

अब आईफोनबाट पठाएको मेसेज ‘एडिट’ र ‘डिलिट’ गर्न सकिने, यस्तो छ तरिका

टेकपाना टेकपाना

भदौ २८, २०७९ १३:२४

अब आईफोनबाट पठाएको मेसेज ‘एडिट’ र ‘डिलिट’ गर्न सकिने, यस्तो छ तरिका

काठमाडौं । एप्पलको नयाँ अपरेटिङ सिस्टम आईओएस १६ औपचारिक रुपमा सार्वजनिक भएको छ । याेसँगै आईमेसेज एपबाट पठाएको मेसेज डिलिट गर्न वा एडिट गर्न सकिने भएकाे छ ।

यसको अर्थ तपाईँले पठाइसकेको मेसेज एडिट गर्न सकिने छ । तपाईँले एडिट गरेर पठाएको मेसेज पाउने व्यक्तिले पहिला के थियो भन्ने कुरा समेत हेर्न सक्नेछ । आफ्नो आईफोन आईओएस १६ मा अपडेट गरिसकेपछि प्रयोगकर्ताले यो सुविधा प्रयोग गर्न सक्नेछन् ।

यसरी एडिट गर्नुहोस् आईमेसेज

आईओएस १६ अपडेट इन्स्टल गरिसकेपछि प्रयोगकर्ताले पठाएको मेसेज एडिट गरेर पुनः पठाउन सक्ने भए पनि त्यसमा केही सीमितता रहेका छन् । आईमेसेजबाट पठाएको उक्त मेसेज पठाएको १५ मिनेटभित्र सम्पादन गरेर पठाउनुपर्ने हुन्छ ।

त्यसपछि भने प्रयोगकर्ताले उक्त मेसेज सम्पादन गर्न पाउँदैनन् ।

त्यस्तै तपाईँले आईमेसेजबाट एडिट गरेर पठाएको मेसेज पाउने व्यक्तिले उक्त मेसेज एडिट गरेर पठाएको भन्ने कुराको जानकारी पाउँछ ।

त्यसैगरी सो व्यक्तिले वास्तविक मेसेज के थियो र त्यसमा के एडिट गरियो भन्ने कुरा पनि हेर्न सक्छ । आईमेसेजमा मेसेज एडिट गर्न तलको प्रक्रिया अपनाउनुहोस् ।

साथै तपाईँले यदि झुक्किएर कोही अर्कै व्यक्तिलाई मेसेज पठाउनुभयो भने ‘अनसेन्ड’ (फिर्ता) पनि गर्न सक्नु हुनेछ । यो फिचर आईओएस १६ को बेटा भर्सनमा समेत उपलब्ध छ ।

जसलाई तपाईँले अहिले पनि डाउनलोड गरेर प्रयोग सक्नुहुन्छ । यो फिचरका लागि सन् २०१७ पछि सार्वजनिक भएको आईफोन आवश्यक पर्छ ।

आईओएस १६ भएका आईफोनमा आईमेसेज एडिट गर्ने तरिका  

  • सबैभन्दा पहिले आईफोनको आईमेसेजबाट कसैलाई मेसेज पठाउनुहोस् ।
  • त्यसपछि आफूले एडिट गर्न चाहेको मेसेजमा केही लामो समयसम्म दबाउनुहोस् ।
  • त्यसपछि एडिटको अप्सन छान्नुहोस् ।
  • आफ्नो मेसेज सच्याएर छेउमा भएको निलो टिक आइकनमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि सो म्यासेज पाउने व्यक्तिले एडिट गरेको नोट देख्न सकिन्छ ।

आईओएस १६ भएको आईफोनमा आईमेसेज फिर्ता ल्याउने तरिका

  • सबैभन्दा पहिले आईफोनबाट कसैलाई मेसेज पठाउनुहोस् ।
  • त्यसपछि मेसेजमा केही बेर दबाउनुहोस् ।
  • त्यसपछि अनडु सेन्ड (Undo send) छान्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४