काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक नमस्ते पेले दशैं, तिहार तथा छठ पर्वलाई समेट्ने गरी ‘फेस्टिभ क्याम्पियन’ (चाडपर्व अभियान) ल्याएको छ ।
यस अभियानमा ४९ दिनसम्म नमस्ते पे प्रयोगकर्ताले विभिन्न सेवा र अफर पाउने भएका छन् ।
कम्पनीका अनुसार बम्पर अफरको रूपमा सात भाग्यशाली विजेताले शतप्रतिशत क्याशब्याक प्राप्त गर्नेछन् । प्रयोगकर्ताहरूले जति धेरै ट्रान्जेक्सन (कारोबार) गर्छन्, त्यति नै धेरै विजेता बन्ने र शतप्रतिशत क्याशब्याक पाउनसक्ने कम्पनीले जनाएकाे छ ।
अभियान अवधिको बीचमा कुनै पनि सेवाहरू (वालेट टु वालेट ट्रान्सफर र लोड फन्ड) बाहेकको कारोबार गर्ने प्रयोगकर्ता बम्पर योजनामा सहभागी हुन योग्य हुने बताइएकाे छ ।
त्यसैगरी नमस्ते पे मार्फत युटिलिटी बिलहरू भुक्तानी गर्दा प्रत्येक हप्ता एक भाग्यशाली विजेताको वर्षभरिको बिल नमस्ते पेले तिरिदिने अफर रहेको छ ।
हवाई टिकट खरिद गर्दा हरेक हप्ता एक जना भाग्यशाली विजेताले एक हजार रुपैयाँ क्याशब्याक पाउनेछन् र अभियानको अन्त्यमा दुई जना भाग्यशाली विजेताले पोखराको राउण्ड हवाई टिकट निःशुल्क पाउनेछन् ।
दशैं दक्षिणाको रूपमा आफ्नो परिवार र आफन्तलाई वालेट टु वालेट ट्रान्सफर गर्ने २० जना भाग्यशाली प्रयोगकर्ताहरूले १०० प्रतिशत नै क्याशब्याक पाउने जनाइएको छ ।
त्यस्तै, अभियान अवधिभर सबै प्रयोगकर्ताले मोबाइल टपअपमा १० प्रतिशत क्याशब्याक वा अधिकतम १० रुपैयाँसम्म पाउनेछन्। प्रयोगकर्ताहरूलाई प्रोमोकोड उपलब्ध गराइनेछ जुन तीन पटक रिडिम गर्न सकिन्छ ।
साथै, नमस्ते पेले भ्वाइस र डेटा प्याकहरू, बिलहरूको भुक्तानी, मर्चेन्ट भुक्तानीहरू, हवाई टिकेटहरू आदि सहित विभिन्न सेवामा विभिन्न ‘फ्ल्याश अफर’ प्रदान गर्ने जानकारी दिएको छ ।
नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारीले सेवा पोर्टफोलियोलाई सुदृढ गर्दै, नमस्ते पेलाई बलियो र भरपर्दो डिजिटल भुक्तानी सेवा प्रदायक बनाउन कम्पनीले आफ्ना साझेदार र सरोकारवालाहरूसँग निरन्तर रुपमा काम गरिरहेको बताएका छन् ।