close

३० हजार रुपैयाँमा रियलमीको नयाँ फाइभजी स्मार्टफोन, के के छन् फिचर ?

टेकपाना टेकपाना

भदौ २९, २०७९ ७:१०

३० हजार रुपैयाँमा रियलमीको नयाँ फाइभजी स्मार्टफोन, के के छन् फिचर ?

काठमाडौंँ । नेपाली बजारमा रियलमीले नयाँ फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले मंगलबारदेखि नेपाली उपभोक्ताका लागि रियलमी ९आई फाइभजी स्मार्टफोन उपलब्ध गराउन थालेकाे हाे ।

यो स्मार्टफोनमा २.४ गिगाहर्जको गतिमा सञ्चालन हुने अक्टाकोर सीपीयू रहेको छ । यसमा फाइभजी नेटवर्कको डुअल सिम डुअल स्ट्यान्डबाईमा राख्न मिल्छ ।

५००० एमएएच ब्याट्री भएको यो फोनमा सुपर पावर सेभिङ मोड पनि रहेको छ । साथै यो सेगमेन्टकै सबैभन्दा ठूलो सेन्सर र ५० एमपीको अल्ट्रा एचडी प्राइमरी क्यामरा सहितको ५० एमपीको एआई ट्रिपल क्यामरा रहेको छ ।

यसको साथै यसमा भएको डाइनामिक ¥याम एक्स्पान्सन टेक्नोलोजीले मेमोरी कार्डमा ३ जीबीसम्म भर्चुअल र्‍याम थप्न मिल्छ ।

साथै यसको कपासिटिभ रिकग्निसन सिस्टम युक्त फास्ट साइड स्क्यानरले मात्र एक प्रेसमा फोन तुरुन्तै अनलक गर्ने कम्पनीले जनाएको छ ।

६ जीबी र्‍याम तथा १२८ जीबी इन्टर्नल स्टोरेजमा उपलब्ध फोनको मूल्य २९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४