close

आईफोन १४ को ब्याट्री फेर्न साढे १२ हजार रूपैयाँ लाग्ने

टेकपाना टेकपाना

भदौ २८, २०७९ २२:५

आईफोन १४ को ब्याट्री फेर्न साढे १२ हजार रूपैयाँ लाग्ने

काठमाडौं । आईफोन १४ सार्वजनिक भएसँगै यसका हार्डवेयरहरूको मूल्य पनि बाहिरिएको छ ।

आईफोन १४ को अन्य हार्डवेयरहरूको मूल्य पुराना फोनहरूको जस्तै भएपनि कम्पनीले आईफोन १४ को ब्याट्री भने महँगो बनाएको छ ।

यसको अर्थ हो यदि तपाईंले आईफोन १४ को ब्याट्री परिवर्तन गर्नुपर्‍यो भने तपाईंको लागि पहिले भन्दा महँगो पर्नेछ । कम्पनीले आईफोन १४ को ब्याट्रीको मूल्य ४३ प्रतिशतले वृद्धि गरेको छ ।

आईफोन १४ सिरिजका फोनहरूको ब्याट्रीको मूल्य ९९ डलर (करिब १२,६०० रुपैयाँ) तोकिएको छ ।

जब कि योभन्दा अगाडिका सिरिजका फोनहरू आईफोन १३, १२, ११ र एक्सको ब्याट्रीकाे मूल्य ६९ डलर (करिब ९,००० रुपैयाँ) मात्र छ ।

त्यस्तै आईफोन एसई भन्दा तलका आईफोनहरूको ब्याट्री फेर्न ४९ डलर (६,२०० रुपैयाँ) तोकिएको छ ।

यो त कम्पनीले तोकेको रकम हो । नेपाली बजारसम्म आइपुग्दा भने यो रकम थप बढ्नसक्ने अनुमान गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४