close

अमेरिकामा उपलब्ध हुने आईफोन १४ ले पारेका केही समस्या

टेकपाना टेकपाना

भदौ २९, २०७९ ८:२६

अमेरिकामा उपलब्ध हुने आईफोन १४ ले पारेका केही समस्या

काठमाडौं । एप्पलले हालै आईफोनकाे नयाँ सिरिज सार्वजनिक गरेको छ । थुप्रै नयाँ फिचरहरू समावेश भएको आईफोन १४ सिरिजमा एउटा कुरा भने भिन्न छ । कम्पनीले अमेरिकामा उपलब्ध गराउने संस्करणमा भौतिक सिम लाग्दैन ।

एप्पलले अमेरिकामा उपलब्ध गराउने आईफोनले ई-सिम मात्र सपोर्ट गर्ने बताइएको छ । यसको अर्थ आईफोन १४ को यूएस भर्जनमा भौतिक सिम प्रयोग गर्न सकिने छैन । त्यसका लागि मोबाइल सेवा प्रदायकले उपलब्ध गराएको ई-सिम मात्र प्रयोग गर्न सकिन्छ ।

विशेषगरी नयाँ फोनमा शिफ्ट हुँदा जसरी सिम सार्न सकिन्थ्यो, अब त्यसरी सकिँदैन । त्यसका लागि तपाईँले सेवा प्रदायकसँग आफ्नो कुरा राख्नुपर्ने हुन्छ ।

टी-मोबाइलले आफ्ना प्रयोगकर्तालाई ई-सिम एक्टिभेट गर्न सहज बनाएको छ । आईफोन १४ मा पनि सेवा प्रदायकको एप इन्स्टल गरेर साइनअप गरी ई-सिम इन्स्टल गर्न सकिने बताइएको छ ।

यही सेवा गुगल फाईमा समेत उपलब्ध छ । तर, अमेरिकामा यो प्रक्रिया केही झन्झटिलो छ । त्यहाँका प्रयोगकर्ताले ई-सिम एक्टिभेट गर्नका लागि भेरिजन (अमेरिकी टेलिकम सेवा प्रदायक) मा कल गरेर वा स्टोरमा पुगेर सिम एक्टिभेट गर्नुपर्ने हुन्छ ।

अमेरिकी सेवा प्रदायकले ई-सिमसहित नयाँ डिभाइसमा स्विच हुन वा नयाँ सेवा प्रदायक छान्ने प्रक्रिया जटिल बनाएको ग्राहकको आरोप छ ।

केही सेवा प्रदायकले ई-सिम आत्मसात गराउन खोज्दा वाधा सिर्जना गरेको २०१८ मा भएको अनुसन्धानले देखाएको थियो । सोही समयमा जीएसएमए, भेरिजन र एटी एण्ड टी न्याय विभागको निशानामा परेका थिए ।

उक्त समयमा उनीहरूलाई सम्भावित मिलेमतोको आरोप लागेको थियो । किनभने त्यसबेला जीएसएमए ट्रेड एसोसियसन निश्वित नेटवर्कका ई-सिम लक गर्ने कार्यमा संलग्न भएको पाइएको थियो ।

त्यस्तै नयाँ सेवा प्रदायकले पनि ई-सिम लक गरिरहेका हुन्छन् । यदि कुनै ग्राहकले ई-सिम अनलक गर्नुपर्‍यो भनेको खण्डमा फे कम्युनिकेसन कमिसन (एफसीसी)ले सेवा प्रदायकलाई उक्त सिम अनलक गराउन बाध्य पार्छ ।

पछिल्लो समय नेपाल टेलिकमले पनि नेपालका लागि ई-सिम परीक्षण थालेको छ । नेपालमा हाल एउटै प्रदायकले उपलब्ध गराउने भएकाले सेवा प्रदायक परिवर्तन गर्दा के कति समस्या आउनसक्छ भन्ने कुरा यकिन गर्न सकिँदैन । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४