close

ट्वीटरका अधिकांश शेयरधनी भन्छन्- एलन मस्कले ट्वीटर किनुन्

टेकपाना टेकपाना

भदौ ३०, २०७९ ७:४

ट्वीटरका अधिकांश शेयरधनी भन्छन्- एलन मस्कले ट्वीटर किनुन्

काठमाडौं । ट्वीटरका अधिकांश शेयरधनीहरू एलन मस्कले ट्वीटर खरिद गर्नुपर्ने पक्षमा रहेकाे पाइएकाे छ । मंगलबार सम्पन्न एक बैठकमा ९८.६ प्रतिशत ट्वीटर शेयरधनीले कम्पनी एलन मस्कले नै खरिद गर्नुपर्ने विचार व्यक्त गरेका हुन् ।

एलन मस्क ट्वीटर खरिद गर्ने सम्झौताबाट पछि हटिरहेको बेलामा कम्पनीका शेयरधनीबाट यस्तो कुरा बाहिरिएको हो ।

मस्कले सोमबार मात्र कम्पनीलाई पत्र पठाएर सम्झौता रद्द गर्न आग्रह गरेको थिए । ट्वीटरमा धेरै बट रहेको साथै कम्पनीको काम पारदर्शी नभएको लगायतका आरोप लगाउँदै आफूले कम्पनी खरिद नगर्ने मस्ककाे अडान छ ।

यद्यपि ट्वीटरले भने सम्झौताबाट पछि हट्न नमिल्ने भन्दै कम्पनी खरिद गर्न दबाब दिइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४