सञ्चारकर्मी भूषण दाहालको इन्स्टाग्राम अकाउन्ट ह्याक गरी बिटक्वाइनको प्रचार
असोज १२, २०७९ १५:५८
काठमाडौं । वरिष्ठ सञ्चारकर्मी भूषण दाहालको इन्स्टाग्राम अकाउन्ट ह्याक भएको छ । बुधबार एक ट्वीट गर्दै उनले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्ट ह्याक भएको जानकारी दिए ।
साढे १२ हजारभन्दा बढी फलोअर भएको यो अकाउन्ट ह्याकरले कब्जामा लिई बिटक्वाइन प्रचार गरेका छन् ।
दाहालले यस्तो पोस्टलाई बेवास्ता गर्न आग्रह गरेका छन् ।
पछिल्लो अध्यावधिक: असोज १२, २०७९ १५:५८
