close

विन्डोज ११ मा यसरी प्रयोग गर्नुहोस् एचडीआर क्यालिब्रेशन एप

टेकपाना टेकपाना

असोज २१, २०७९ ११:५६

विन्डोज ११ मा यसरी प्रयोग गर्नुहोस् एचडीआर क्यालिब्रेशन एप

काठमाडौं । यही फेब्रुअरी महिनामा माइक्रोसफ्टले छिट्टै नै विन्डोज ११ को लागि एचडीआर क्यालिब्रेशन एप सार्वजनिक गर्ने घोषणा गरेको थियो । विन्डोज ११ मा गेमिङको लागि एचडीआर डिस्प्लेको अनुभवलाई उत्कृष्ट बनाउन एचडीआर क्यालिब्रेशन एपले मद्दत गर्ने बताइएको थियो । केही समय अगाडि सम्म सिमित प्रयोगकर्ताको पहुँचमा मात्र भएको यो एप अब भने सबैको लागि उपलब्ध भएको छ । 

एपमा तीनओटा परिक्षण प्याटर्नहरू छन्, जसले डिस्प्लेमा सबैभन्दा डार्क मोड, ब्राइट मोड र उच्चतम ब्राइटनेस कलरहरू प्रयोग गर्न मद्दत गर्छ । 

यसमा प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार डिस्प्ले कलर कस्टमाइज गर्न सक्छन् । यो एप विन्डोज ११ इन्स्टल भएको कम्प्युटरमा मात्र प्रयोग गर्न सकिन्छ जसमा एचडीआर फिचर अन भएको हुनुपर्छ । त्यस्तै एएमडी आरएक्स ४०० सिरिज वा सो भन्दा माथिको, रेडियन ग्राफिक्स सहितको एएमडी राइजेन प्रोसेसर, इन्टेलको ११औं पुस्ताको सीपीयु वा सो भन्दा माथिको, इन्टेल डीजी वन वा सो भन्दा माथिको र एनभिदिया जीटीएक्स १० एक्सएक्स वा सो भन्दा माथिको जीपीयु भएको कम्प्युटरमा मात्र यसले काम गर्छ । 

डिस्प्ले भने डब्लुडीडीडीएम २.७ ड्राइभर वा सो भन्दा माथिको चल्ने हुनुपर्नेछ । आफ्नो कम्प्युटरमा यो एप चल्छ कि चल्दैन भनेर हेर्नको लागि उल्लेखित मध्ये कुनै फिचरहरू विन्डोज अपडेटमा गएर हेर्न सकिन्छ । 

विन्डोज एचडीआर क्यालिब्रेशन कसरी प्रयोग गर्ने ?

- कम्प्युटरमा माइक्रोसफ्ट स्टोर खोल्नुहोस् 

- सर्च बक्समा गएर विन्डोज एचडीआर क्यालिब्रेसन टाइप गर्नुहोस् र परिणाममा सुरुमा आएको एपमा क्लिक गरेर 'गेट' अप्सनमा क्लिक गर्नुहोस् 

- यसपछि कम्प्युटरको सेटिङमा गएर डिस्प्लेमा क्लिक गरेर एचडीआर अप्सन अन गर्नुहोस् । पहिले नै अन छ भने यो चरणलाई स्किप गर्नुहोस् 

- यसपछि विन्डोज लोगोमा क्लिक गर्नुहोस् 

- अल एप्स अप्सनमा क्लिक गरेर विन्डोज एचडीआरमा क्लिक गर्नुहोस् र यो फिचर प्रयोग गर्नुहोस् ।

 

पछिल्लो अध्यावधिक: असोज २१, २०७९ १२:१