close

२१० वाट फास्ट चार्जिङ भएको रेड्मी नोट १२ लाई थ्रीसी प्रमाणीकरण

टेकपाना टेकपाना

असोज २२, २०७९ ७:४८

२१० वाट फास्ट चार्जिङ भएको रेड्मी नोट १२ लाई थ्रीसी प्रमाणीकरण

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता साओमीले 'रेड्मी नोट १२ सिरिज'का तीन मोडेलका लागि थ्रीसी प्रमाणीकरण प्राप्त गरेको छ । कम्पनीले यसअघि युरासियन इकोनोमिक्स कमिसन (ईईसी)बाट साओमी १३ र रेड्मी नोट १२ सिरिजका मोडेल नम्बर प्राप्त गरेको थियो ।

यसपछि साओमीले चिनियाँ नियामकबाट रेड्मी नोट १२ सिरिजका तीन ओटा मोडेलको थ्रीसी प्रमाणीकरण पाएको हो । थ्रीसीले सार्वजनिक गरेको तस्वीरमा यी डिभाइसका लागि मोडेल नम्बरहरू २२१०१३१६ यूसीपी, २२१०१३१६ यूसी र २२१०१३१६सी (22101316UCP, 22101316UC, 22101316C) उपलब्ध गराइएको छ ।

यसअन्तर्गत 22101316UC मोडेलले २१० वाट फास्ट चार्जिङ सपोर्ट गर्नेछ, जसमा २० भोल्ट १०.५ एम्पियर विद्युत प्रवाह गर्ने एमडीवाई-१३-ईयू (MDY-13-EU) पावर एडप्टर समावेश हुनेछ ।

थ्रीसी सर्टिफिकेसन पाएका रेड्मी नोट १२ प्रो प्लसले १२० वाट फास्ट चार्जिङ, रेड्मी नोट १२ प्रोले १२० वाट चार्जिङ र रेड्मी नोट १२ ले ६७ वाट चार्ज सपोर्ट गर्ने बताइएकाे छ ।

कम्पनीले यो फोन विश्व बजारमा कहिले सार्वजनिक गर्छ भन्ने कुराको जानकारी नदिए पनि सन् २०२२ काे अन्तसम्म चीनमा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २२, २०७९ ७:४८