close

अफ हुँदा पनि यसरी ट्र्याक हुन्छ तपाईँको आईफोन

टेकपाना टेकपाना

असोज २४, २०७९ ७:५३

अफ हुँदा पनि यसरी ट्र्याक हुन्छ तपाईँको आईफोन

काठमाडौं । जर्मनीको टेक्निकल युनिभर्सिटी अफ डामस्टाडका अनुसन्धानकर्ताले आईफोन अफ हुँदा पनि ट्र्याक हुनसक्ने कुरा पत्ता लगाएका छन् । आईफोन अफ हुँदा पनि त्यसमा भएका वायरलेस चिपहरूले काम गर्ने साे खाेजले निष्कर्ष निकालेकाे छ ।

आईफोन अफ भएको २४ घण्टासम्म पनि उक्त फोनमा भएका विभिन्न फिचर सक्रिय हुने भएकाले ट्र्याक गर्न सम्भव हुने खोजकर्ताको भनाइ छ । यसो त तपाईँ आईफोन प्रयोगकर्ता हो भने यो तपाईँका लागि उपयुक्त हुनसक्छ ।

यदि तपाईँको फोन हरायो वा चोरी भयो भने अफ भएकै अवस्थामा पनि ट्र्याक गरेर आफ्नो फोन फेला पार्न सक्नुहुन्छ । यद्यपि केही ह्याकरले यसको फाइदा उठाएर प्रयोगकर्ताको आईफोन अफ हुँदा पनि त्यसलाई ट्र्याक गरेर एक्सेस पाउन सक्छन् ।

अफलाइन ह्याकिङको जोखिममा को को हुन सक्छन् ?

यो कमजोरी औसत प्रयोगकर्ताका लागि भने चिन्ताको विषय होइन । यो कमजोरी जेल ब्रेकिङ डिभाइस प्रयोग गर्ने प्रयोगकर्ताका लागि जोखिमको विषय बन्नसक्छ । जेल ब्रेकिङ त्यस्तो प्रक्रिया हो, जसमा उक्त डिभाइसको त्रुटिलाई दुरूपयाेग गर्ने काम गरिन्छ ।

यसमा निर्माताले त्यस डिभाइसका लागि उपलब्ध गराएका बाहेक अन्य सफ्टवेयर इन्स्टल गरेर प्रयोग गर्ने गरिन्छ । सामान्य अर्थमा यसरी बुझ्नुहोस् कि, जेल ब्रेकिङ डिभाइस प्रयोग गर्ने प्रयोगकर्ताले अपरेटिङ सिस्टम र त्यसका सबै फिचरमा एक्सेस पाउनसक्छन् ।

जेल ब्रोकन डिभाइसमा पहिले नै विभिन्न त्रुटि हुने भएकाले यस्ता डिभाइस बढी जोखिममा हुने गर्छन् ।

के आईफोन अफ हुँदा पनि ट्र्याक हुने कमजोरीबाट तपाईँ डराउनुपर्छ ?

तत्काललाई यसबाट सुरक्षा कमजोरीबाट नडराउन खोजकर्ताले सुझाव दिएका छन् । तपाईँसँग जेल ब्रोकन डिभाइस छ भने चाँहि केही सतर्कता अपनाउनुपर्ने हुन्छ ।

यो फिचर पहिले नै डिभाइस हराएको वा चोरी भएको अवस्थामा ट्र्याक गर्न सकियोस् भनेर समावेश गरेको देखिन्छ । यद्यपि यो एक सुरक्षा कमजोरी नै भएकाले आईओएसको पछिल्लो अपडेट इन्स्टल गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २४, २०७९ ८:५