close

गेमिङ हब बन्दै साउदी अरेबिया, साढे ४९ खर्ब लगानी गर्ने

टेकपाना टेकपाना

असोज २५, २०७९ ११:४

गेमिङ हब बन्दै साउदी अरेबिया, साढे ४९ खर्ब लगानी गर्ने

काठमाडाैं । साउदी अरेबियाले गेमिङमा ठूलो लगानी गर्ने भएको छ । ‘भिजन २०३०’ नाम दिइएको यो योजनाको मुख्य लक्ष्य भनेको साउदी अरेबियालाई गेमिङको हब बनाउनु हो ।

साउदी अरेबियाको सार्वजनिक लगानी कोषको पूर्ण स्वामित्वमा रहेको सेभी गेम्स ग्रुपले यसको लागि गेमिङ र ई-स्पोर्ट्समा ३७.८ अर्ब डलर (साढे ४९ खर्ब रूपैयाँ बढी) लगानी गर्ने योजना बनाएको छ ।

यसअन्तर्गत ठूला गेम बनाउने कम्पनीहरुलाई आफ्नो रणनीतिक विकास साझेदार बनाउन १३.३ अर्ब डलर छुट्याइएको छ । यो रणनीतिले साउदी अरेबियामा २५० गेमिङ कम्पनी स्थापना गर्ने, ३९ हजारलाई रोजगारी प्रदान गर्ने र यस क्षेत्रको जीडीपी योगदान १३.३ अर्ब डलरमा पुर्‍याउने बताएको छ ।

साउदी अरेबियाको सार्वजनिक लगानी कोषले यसअगाडि पनि गेमसँग सम्बन्धित कम्पनी एक्टिभिजन ब्लिजार्डमा २.९ अर्ब डलर शेयर, इलेक्ट्रोनिक आर्टमा १.९ अर्ब शेयर, टेक टु इन्टर्याक्टिभमा १.४ अर्ब शेयर र निन्टेन्डो मा ५.०१ प्रतिशत शेयर लिइसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २५, २०७९ १२:१४