close

ग्यापुको तिहार योजना, सामान खरिदमा २० प्रतिशत छुट र क्याशब्याक अफर

टेकपाना टेकपाना

असोज ३१, २०७९ १५:०

ग्यापुको तिहार योजना, सामान खरिदमा २० प्रतिशत छुट र क्याशब्याक अफर

काठमाडौं । अनलाइन शपिङ प्लेटफर्म ग्यापुले ‘दिपावली बहार’ अफर ल्याएको छ । तिहारलाई लक्षित गर्दै ग्यापु प्रयोगकर्ताले विभिन्न सामग्री खरिद गर्दा ग्राहकले विशेष छुट पाउने व्यवस्था गरिएको हो ।

उक्त अफर असोज ३१ गतेदेखि कात्तिक ४ गतेसम्मका लागि रहेको ग्यापुले जनाएको छ, जसअन्तर्गत ग्राहकले माक्कुसेको कुकिज एवं स्विट्सहरूको खरिदमा २० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ ।

यस्तै, मेन्स अफिसर ब्यागको खरिदमा २० प्रतिशत, भाइटिका मसलामा १० प्रतिशत, मिठाइमा १० प्रतिशत, विभिन्न ब्रान्डका स्किन केयर सामग्रीमा २० प्रतिशत छुट रहेको छ ।

साथै ब्रेड ट्रिमल लगायतका सामग्री खरिदमा २० प्रतिशत, फलफूलमा २० प्रतिशत र स्विन कुर्तामा समेत २० प्रतिशतसम्म छुट रहेको ग्यापुले जनाएको छ ।

यसबाहेक सामान खरिदका लागि हिमालय बैंक, एनआईसी एसिया बैंक, मेगा बैंक, एनएमबि बैंक, ईसेवा, फोनपे, खल्ती लगायतबाट रकम भुक्तानी गर्दा क्याशब्याकको समेत व्यवस्था गरिएको कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज ३१, २०७९ १५:४