close

९० लाख मूल्य पर्ने बीवाईडी एट्टो ३ कारको बिक्री आजदेखि, नक्सालमा खुल्यो नयाँ शोरूम

टेकपाना टेकपाना

असोज ३१, २०७९ १४:३९

९० लाख मूल्य पर्ने बीवाईडी एट्टो ३ कारको बिक्री आजदेखि, नक्सालमा खुल्यो नयाँ शोरूम

काठमाडौं । नेपालका लागि बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले काठमाडौंको नक्सालमा आफ्नो नयाँ शोरुमको उद्घाटन गरेको छ । नयाँ शोरुम खुलेसँगै कम्पनीले शनिबार सार्वजनिक गरेको एटो थ्री विद्युतीय कारको आधिकारिक ब्रिकी पनि आजबाट सुरु गरेको छ ।

कम्पनीको ब्राण्ड एम्बास्डर तथा कलाकार हरिवंश आचार्यले नयाँ शोरुमको उद्घाटन गरेका थिए । याेसँगै ८९ लाख ९० हजार रुपैयाँ पर्ने एटो थ्री आजबाटै बिक्रीको लागि खुलाइएको  छ ।

कारमा ५० किलोवाट र ६०.५ किलोवाट क्षमतायुक्त ब्याट्री रहेको छ, जसले एक पटकको फुल चार्जमा ४२० किलोमिटर रेन्ज दिनसक्छ ।

यस गाडीमा ४४० लिटरदेखि १,३४० लिटरसम्मको बुट स्पेस, १२.८ इन्चको एडाप्टिभ रोटेटिङ मल्टिमिडिया कार्पेट, ३६० डिग्री होलोग्राफिक ट्रान्सप्यारेन्ट इमेजिङ सिस्टम मिरर, वन-टक इलेक्ट्रिक टचगेट, टायर प्रेसर मनिटरिङ सिस्टम, डिराक अडियोयुक्त ८ ओटा स्पिकर, एनएफसी कार्ड की, पीएप २.५ एयर फिल्टर फिचर समावेश छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १, २०७९ ८:३६