close

फेसबुक एल्बमका सबै फोटो एकैपटक लुकाउन चाहनुहुन्छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

कात्तिक १५, २०७९ ९:१०

फेसबुक एल्बमका सबै फोटो एकैपटक लुकाउन चाहनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं । साथीहरूसँग च्याट गर्न होस्, समाचार तथा रमाइला जानकारी पढ्न होस्, वा फोटो अपलोड गर्न नै किन नहोस्, हामी आफ्नो आवश्यकता अनुसार विभिन्न प्रयोजनका लागि फेसबुक प्रयोग गरिरहेका हुन्छौँ । पछिल्लो समय फेसबुक मार्केटप्लेस (बजार) जस्तो भएको छ, जहाँबाट हामी सामग्री खरिद-बिक्री गर्न सक्छौँ ।

फेसबुक अरूभन्दा पनि फोटो पोस्ट गर्ने र आफू जोडिएका साथीहरूसँग च्याट गर्ने फिचरले बढी चर्चित छ । हामी पनि आफ्ना विभिन्न उद्देश्यले फेसबुकमा फोटो पोस्ट गर्ने गर्छौँ ।

लामो समयदेखि फोटो पोस्ट गर्ने बानी भएकाले हामीसँग फेसबुकमा थुप्रै फोटो रहेको हुनसक्छ । तर, कहिलेकाहीँ तपाईँलाई फेसबुकमा अपलोड गरेका फोटो अन्य व्यक्तिले नदेखोस् भन्ने चाहना हुनसक्छ । वा गोप्य तरिकाले फोटो अपलोड गर्दा तपाईँलाई बढी रमाइलो लाग्न सक्छ । त्यसका लागि फेसबुकमा फोटो हाइड गर्ने प्रचलन छ । जसले गर्दा तपाईँले आफ्ना जोबाट लुकाउन चाहनु भयो त्यही व्यक्तिबाट लुकाउन सक्नुहुन्छ ।

के फेसबुकमा भएका सबै फोटो एकै पटकमा हाइड गर्न सकिन्छ त? आज हामी यसै विषयमा जानकारी दिँदैछौँ ।

फेसबुक एल्बममा भएका सबै फोटो कसरी हाइड गर्ने?

यदि तपाईँले फेसबुकको एल्बममा कुनै पनि फोटो राख्नुभएको छ भने फोटो हाइड गर्ने अनावश्यक झन्झटबाट मुक्त पाउन सक्नुहुन्छ । फेसबुकले हरेक एल्बम हाइड गर्न सकिने फिचर उपलब्ध गराएको छ ।

फेसबुक एल्बमको प्राइभेसी सेटिङमा गएर तपाईँले एल्बमका सम्पूर्ण फोटो हाइड गर्न सक्नुहुन्छ । यदि तपाईँले एल्बममा केही क्याप्सन लेख्नुभएको छ भने फोटोसँगै क्याप्सन पनि हाइड हुन्छ । त्यसैले तपाईँले हाइड गरेका फोटो अन्य व्यक्तिले हेर्न सक्दैन ।

फेसबुक एल्बमका सबै फोटो हाइड गर्न तलको प्रक्रिया अपनाउनुहोस्;

  • सबैभन्दा पहिले फेसबुक खोल्नुहोस् ।

  • त्यसपछि माथि दायाँपट्टि भएको प्रोफाइल सहितको तीन ओटा लाइनमा गएर प्रोफाइल पिक्चरमा क्लिक गर्नुहोस् ।

  • त्यसपछि स्क्रोल गर्दै तल गएर 'फोटोज'को अप्सनमा ट्याप गर्नुहोस् ।

  • त्यसपछि दायाँतर्फ भएको एल्बमको अप्सन छान्नुहोस् ।

  • त्यसपछि आफूले फोटो हाइड गर्न चाहेको एल्बम छान्नुहोस् ।

  • त्यसपछि सबैभन्दा माथि दायाँपट्टि भएको तीन ओटा लाइनमा ट्याप गर्नुहोस् ।

  • त्यसपछि 'एडिट' अप्सन छान्नुहोस् ।

  • त्यसपछि बीचमा 'पब्लिक' अप्सन देख्न सक्नुहुन्छ । त्यहाँ ट्याप गरेर ओन्ली मि (Only Me) को अप्सन छान्नुहोस् ।

  • त्यसपछि 'ब्याक' गर्नुहोस् र माथि रहेको 'डन' अप्सनमा ट्याप गर्नुहोस् । यसरी एउटा एल्बमका सबै फोटो हाइड गर्न सकिन्छ ।

 

 

पछिल्लो अध्यावधिक: कात्तिक १५, २०७९ ९:१२