close

फेसबुक ग्रुप एमआरआर पुनः निष्क्रिय

टेकपाना टेकपाना

कात्तिक २३, २०७९ ८:५९

फेसबुक ग्रुप एमआरआर पुनः निष्क्रिय

काठमाडौं । सामाजिक सञ्जालमा चर्चित नेपाली ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर) पुनः निष्क्रिय भएको पाइएको छ । नेपाली युवापुस्तामाझ लोकप्रिय फेसबुक ग्रुप 'एमआरआर' मेटाले बुधबार बिहानबाट पुनः निस्क्रिय गरेको हो ।

यसअघि कात्तिक १३ गते कम्पनीको कम्युनिटी गाइडलाइन्स उल्लङ्घन भएको भन्दै मेटाले हटाएको उक्त ग्रुप मंगलबार मात्र सामाजिक सञ्जालमा फिर्ता आएको थियो । फिर्ता भएको एकदिन पनि नबित्दै उक्त ग्रुपलाई मेटाले निष्क्रिय बनाएको छ ।

अन्य धेरै सुधार सहित ग्रुप फिर्ता भएको एमआरआरले उल्लेख गरेको भए पनि फेसबुकले भने ग्रुपलाई पुन: निष्क्रिय बनाएको छ ।

ग्रुप पुनः निष्क्रिय हुनुका पछाडिको कारणबारे एमआरआरका जिम्मेवार व्यक्ति पनि अनविज्ञ छन् ।

 

 

पछिल्लो अध्यावधिक: कात्तिक २३, २०७९ ९:३२