close

ह्याकिङ र साइबर सुरक्षा सम्बन्धी कार्यक्रम गर्दै सफ्टवेरिका

टेकपाना टेकपाना

कात्तिक २४, २०७९ १६:४२

ह्याकिङ र साइबर सुरक्षा सम्बन्धी कार्यक्रम गर्दै सफ्टवेरिका

काठमाडौं । सफ्टवेरिका कलेजको आयोजनामा शुक्रबार इथिकल ह्याकिङ र साइबर सुरक्षासम्बन्धी कार्यक्रम हुने भएको छ । डिजिटल अपराधमा इथिकल ह्याकरको भूमिका नाम दिइएको कार्यक्रम बिहान १० बजे डिल्लीबजारस्थित कलेजको प्राङ्गणमा हुनेछ ।

यो कार्यक्रम प्लस टु र स्नातक तह अध्ययन गरिरहेका विद्यार्थीहरुलाई लक्षित गरिन लागेको हो । कार्यक्रममा अमेरिकाको गुप्तचर विभागको नेसनल कम्प्युटर फोरेन्सिक इन्स्टिच्युट, नेसनल ह्वाइट कलर क्राइम सेन्टर, नर्थइस्ट काउन्टर ड्रग ट्रेनिङ सेन्टर, फेडरल ब्यूरो अफ इन्भेस्टिगेशनको टेक्नोलोजी विभाग, फिल्ड डिभिजनबाट प्रशिक्षित भएका रोबर्ट भ्यानवेले ह्याकिङबारे जानकारी दिनेछन् ।

उनी कम्प्युटर र वित्तीय अपराधहरूमा विशेषज्ञता, विशेषगरी अनलाइन धोखाधडी, कम्प्युटर, नेटवर्क ह्याकिङ, बालबालिकाको अनलाइन शोषण र मानव तस्करी अनुसन्धानमा उत्कृष्ट भएर न्यूयोर्क राज्यका महान्यायाधिवक्ता र फेडरल ब्यूरो अफ इन्भेस्टिगेशनबाट पुरस्कृत भएका थिए । कार्यक्रम सफ्टवेरिका कलेजको फेसबुकमार्फत प्रत्यक्ष प्रसारण हुनेछ ।

पछिल्लो अध्यावधिक: कात्तिक २४, २०७९ १६:४२