close

नेप्सेको पुरानो वेबसाइट आजबाट पूर्ण रुपमा बन्द

टेकपाना टेकपाना

कात्तिक २७, २०७९ १२:२३

नेप्सेको पुरानो वेबसाइट आजबाट पूर्ण रुपमा बन्द

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को परीक्षणको रूपमा चलिरहेको नयाँ वेबसाइट आजबाट पूर्ण रुपमा सञ्चालनमा आएको छ । यो भन्दा अगाडि नेप्सेको पुरानो र नयाँ दुवै वेबसाइट सञ्चालनमा थियो । यद्यपि नयाँ वेबसाइट भने परीक्षणको रूपमा मात्र सञ्चालनमा थियो । आजबाट भने पुरानो वेबसाइट पूर्ण रुपमा बन्द भइ नयाँ वेबसाइट सञ्चालनमा आएको छ ।
 
प्रयोगकर्ताहरूले अब नयाँ वेबसाइटबाट नै तथ्याङ्क अद्यावधिक लगायतका कामहरू गर्नुपर्ने छ । यो भन्दा अगाडि नै नेप्सेले सम्पूर्ण सूचीकृत भएका कम्पनीहरूलाई नेप्से अनलाइन ट्रेडिङ सिस्टमको लगइन आईडी लिन निर्देशन दिएको थियो ।

नयाँ वेबसाइटको प्रयोगले कम्पनीहरूलाई आफ्नो शेयरसँग सम्बन्धित विभिन्न सूचना आफैले उपलब्ध गराउन सक्नेछन् । 
नेप्सेको नयाँ वेबसाइट खोल्न यहाँ क्लिक गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: कात्तिक २७, २०७९ १२:२३