काठमाडौं । जीमेलमा मेल आउनु स्वाभाविक नै हो । कतिपयलाई हामीले जानेर ईमेल एड्रेस दिएका हुन्छौँ भने कतिपयलाई अञ्जानमै आफ्नो ईमेल एड्रेस दिएका हुन्छौँ । हामीलाई आउने कतिपय मेल अनावश्यक लाग्छन् ।
आज हामी जीमेलमा कसरी अकाउन्ट ब्लक गर्ने भन्ने विषयमा जानकारी दिँदैछाैं ।
जीमेलमा यसरी ब्लक गर्नुहोस् ईमेल
-सबैभन्दा पहिले जीमेलमा जानुहोस् ।
-अब आफूले ब्लक गर्न चाहेको ईमेलबाट आएको मेल खोल्नुहोस् ।
-यति गरिसकेपछि पठाउने व्यक्तिको नामको पछाडि रहेको तीन ओटा थोप्लामा ट्याप गर्नुहोस् ।
-अनि 'ब्लक युजर' (Block User) मा ट्याप गर्नुहोस् ।
यति गर्नुभयो भने तपाईँले कुनै पनि ईमेल एड्रेसबाट आउने मेल ब्लक गर्न सक्नुहुन्छ । यदि विभिन्न कम्पनीमा साइनअप गर्नुभएको छ भने तपाईँलाई लगातार मेल आइरहन्छ ।
त्यस्ता मेल अनसब्स्क्राइब गर्नुपर्ने हुन्छ । मेल अनसब्स्क्राइब गर्न तलको प्रक्रिया अपनाउनुहोस्:
-सबैभन्दा पहिले जीमेल खोल्नुहोस् ।
-त्यसपछि कम्पनी (फेसबुक, ट्वीटर, लिङ्कडेन, युट्युब) बाट आएको मेलमा जानुहोस् ।
-स्क्रोल गर्दै तल गएपछि अनसब्स्क्राइबको विकल्प देखिन्छ ।
-अनसब्स्क्राइबमा ट्याप गरेपछि तपाईँको जीमेलमा उक्त अकाउन्टबाट ईमेल आउँदैन ।
अनसब्स्क्राइब गर्दा उक्त प्लेटफर्मबाट पुनः मेल आउँदैन । तर, ब्लक गरेको मेल स्पाममा गएर बस्छ । हामीले बारम्बार स्पाम सेक्सनमा गएर मेसेज डिलिट गर्नुपर्ने हुन्छ ।