close

पब्जी विश्वकपमा आज नेपाली टिम ‘स्काइलाइट गेमिङ’ भिड्दै

टेकपाना टेकपाना

मंसिर १, २०७९ १५:१

पब्जी विश्वकपमा आज नेपाली टिम ‘स्काइलाइट गेमिङ’ भिड्दै

काठमाडौं । मलेसियामा जारी पब्जीको विश्वकप अर्थात् पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी)मा ‘ग्रुप ग्रीन’ को खेल बिहीबारदेखि सुरु हुँदैछ । ग्रीन ग्रुपमा नेपाली टिम स्काइलाइट गेमिङसहित गडलाइक स्टलवार्ट, अल्फा सेभेन ई-स्पोर्ट्स गरी कुल १६ टिम रहेका छन् ।

यो समूहको खेल सकिँदा शीर्ष तीनभित्र पर्न सफल हुने टिमले सिधै अन्तिम चरणका लागि छनोट हुनेछन् । चौंथोदेखि ११औं स्थानमा रहने टिमले अन्तिम चरणमा स्थान बनाउनको लागि डीआरएस सहितका अन्य टिमसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । जसलाई सर्भाइबल स्टेज नाम दिइएको छ ।

यसमा २४ टिमले प्रतिस्पर्धा गर्नेछन् । अन्य बाँकी पाँच टिम भने प्रतियोगिताबाट नै बाहिरिने छन् । समूह चरणको खेल नेपाली टिम स्काइलाइट गेमिङलाई शीर्ष तीनभित्र रहेर सहज रुपमा सिधै अन्तिम चरणमा अवसर बनाउने एउटा सुनौलो अवसर हो । 

यसअगाडि समूह चरणको खेल सम्पन्न भइसकेको डीआरएस गेमिङ ‘ग्रुप रेड’को अङ्क तालिकामा छैंटौं स्थानमा रहेको थियो । उसले कुल २४ खेलबाट एक चिकेन डिनर र ७४ एलिमिनेसन पोइन्टसहित कुल १८२ पोइन्ट ल्याएको थियो । 

यो प्रतियोगितामा नेपालबाट तीन टिम सहभागी छन् । 'यल्लाे ग्रुप' मा रहेको  अर्को नेपाली टिम ‘ट्रेन टु किल’ को खेल नाेभेम्बर २४ देखि सुरू हुनेछ । यो प्रतियोगिताको कुल पुरस्कार राशि ४० लाख डलर (५२ कराेड रूपैयाँ बढी) राखिएको छ ।

यसमध्ये विजेताले ९० हजार डलर (करिब एक करोड १६ लाख), उपविजेताले ८५ हजार डलर (करिब एक करोड १० लाख ) र तेस्रो हुने टिमले ८० हजार डलर (करिब साढे एक करोड) हात पार्नेछन् । 

खेल दिउँसाे ३ः४५ देखि सुरू हुनेछ ।

 

 

पछिल्लो अध्यावधिक: मंसिर १, २०७९ १५:५१