close

भूपू प्रेमीले आफूलाई ट्रयाक गर्न एयरट्याग प्रयोग गरेपछि एप्पल विरुद्ध मुद्दा

टेकपाना टेकपाना

मंसिर २६, २०७९ ९:४

भूपू प्रेमीले आफूलाई ट्रयाक गर्न एयरट्याग प्रयोग गरेपछि एप्पल विरुद्ध मुद्दा

काठमाडौं । पूर्वप्रेमीले आफूहरूलाई ट्रयाक गर्न एप्पलको एयरट्याग प्रयोग गरेपछि  दुई महिलाले कम्पनीविरुद्ध मुद्दा हालेका छन् ।

एयरट्याग एप्पलले विकास गरेको त्यस्तो उपकरण हो जसलाई महत्त्वपूर्ण सामाग्री जस्तै ब्याग वा साँचो ट्रयाक गर्न प्रयोग गरिन्छ । आकार सानो भए पनि यसले प्रयोगकर्तालाई हराएको सामान फेला पार्न सघाएको हुन्छ । तर, पछिल्लो समयमा यसको दुरुपयोग भएको घटना बाहिर आएको छ । 

यसलाई केही मानिसहरूले अन्य व्यक्तिलाई ट्रयाक गर्न प्रयोग गरेको पाइएको छ । एप्पल विरुद्ध मुद्दा दायर गर्ने एक महिलाका अनुसार पूर्वप्रेमीले उनलाई ट्रयाक गर्न कारको चक्कामा एयर ट्याग राखेका थिए । जसले गर्दा पूर्वप्रेमीले उसको उत्पीडनबाट बच्न उनी कहाँ गएकी थिइन् भन्ने कुरा पत्ता लगाउन सक्षम भए ।

त्यस्तै एप्पल विरुद्ध मुद्दा दायर गर्ने अर्की महिलाका अनुसार उनका पतिले आफ्नो बच्चाको झोलामा एयरट्याग राखेर उनको गतिविधि ट्रयाक गरेका थिए । त्यस्तै मुद्दा दायर भएको अर्को घटनामा एयरट्याग हत्या गर्नको लागि पनि प्रयोग भएको घटना बाहिर छ ।

२०२२ जनवरीमा एक पूर्व प्रेमीले आफ्नी प्रेमीकालाई ट्रयाक गर्न एयरट्याग प्रयोग गरेका थिए । त्यसपछि उनलाई पछ्याउँदै गएर गोली हानी हत्या गरे । एप्पलले भने हालसम्म यस्ता घटनाबारे कुनै पनि प्रतिक्रिया दिएको छैन ।

 

 

 

पछिल्लो अध्यावधिक: मंसिर २६, २०७९ ९:६