close

सुबिसुको प्रायोजनमा पब्जी र फ्रिफायरको अन्तर्राष्ट्रिय प्रतियोगिता सम्पन्न, को को बने विजेता ?

टेकपाना टेकपाना

मंसिर २६, २०७९ १४:२०

सुबिसुको प्रायोजनमा पब्जी र फ्रिफायरको अन्तर्राष्ट्रिय प्रतियोगिता सम्पन्न, को को बने विजेता ?

काठमाडौं । जेडी म्युजिक एचडीको आयोजना एवं इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक कम्पनी सुबिसु केबल नेटको प्रायोजनमा नेपालमै पहिलाे पटक पब्जी र फ्रिफायर प्रतियोगिता 'अल्टिमेटम ब्याटल' सम्पन्न भएकाे छ । शनिबार होटल अन्नपूर्णमा भएको फाइनल चरणकाे खेलमा पब्जीअन्तर्गत ‘लियो ग्याङ्स्टर’ र फ्रिफायर अन्तर्गत ‘आरआरक्यू हाइड’ विजेता बनेका छन् ।

चार खेलमध्ये एकमा चिकेन डिनर ३४ एलिमिनेसन पोइन्ट निकाल्दै ‘लियो ग्याङ्स्टर’ले पब्जी प्रतियाेगिताको उपाधि जित्याे भने दोस्रो स्थानमा पब्जी माेबाइल ग्लाेबल च्याम्पियनशिप २०२२ (पीएमजीसी)को फाइनल पुग्न सफल टिम ‘ट्रेन टु किल’ र तेस्रो स्थानमा पब्जी टिम ‘हाइ भोल्टेज’ रहन सफल भए । त्यस्तै चौंथो स्थानमा पीएमजीसी २०२२ को फाइनलमा स्थान बनाउन सफल टिम ‘डीआरएस गेमिङ’ रह्याे ।

यता फ्रिफायर प्रतियाेगितामा इन्डोनेसियाको टिम ‘आरआरक्यू हाइड’ विजेता बनेको छ । त्यस्तै दोस्रो स्थानमा ‘अनम लामा ई-स्पोर्ट्स’ र तेस्रो स्थानमा ‍’ओपेर्याक्स’ रहन सफल भए ।

प्रतियोगिताका दुवै विजेताले एक-एक लाख रुपैँया हात पारेका छन् । त्यस्तै उपविजेताले ४० हजार तथा तेस्रो हुने टिमले २०-२० हजार नेपाली रुपैँया हात जितेका छन् । यसबाहेक फाइनल खेलेका सबै खेलाडीलाई उपहार वितरण गरिएकाे थियो ।

त्यस्तै पब्जी तथा फ्रिफायरको फाइनलको ‘माेस्ट भ्यालुएबल प्लेयर’ले रियलमी स्मार्टफोन र उपहार पाए ।

पछिल्लो अध्यावधिक: मंसिर २६, २०७९ १९:२४