close

नेपाली बजारमा बीवाईडी ई सिक्स, डेढ महिनामै २०० जनाले गरे बुकिङ

टेकपाना टेकपाना

मंसिर २७, २०७९ १४:१६

नेपाली बजारमा बीवाईडी ई सिक्स, डेढ महिनामै २०० जनाले गरे बुकिङ

काठमाडाैं । विद्युतीय सवारी निर्माता बीवाईडीकाे ‘ई सिक्स’ (BYD e6) कारका लागि नेपाली बजारमा २०० भन्दा बढी बुकिङ भएकाे छ । नेपालका लागि बीवाईडी गाडी बिक्री गर्दै आएकाे साइमेक्स इंक प्रालिले पछिल्लाे डेढ महिनाकाे अवधिमा याे सङ्ख्यामा नेपालीहरूले ‘ई सिक्स’ बुक गरेकाे जानकारी दियाे ।

बुकिङ गरेका ग्राहकलाई यही सातादेखि गाडी वितरण गरिने साइमेक्सका सिनियर म्यानेजर आशुतोष गौतमले जानकारी दिए । ‘ई सिक्स’ले एक पटकको फुल चार्जमा ५२२ किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएकाे छ ।

७१.७ किलोवाटआवर ब्याट्री क्षमता रहेको कार ब्लेड ब्याट्रीमा उपलब्ध छ, जसलाई फास्ट चार्जरबाट एक घण्टा ३० मिनेटमै फुल चार्ज गर्न सकिन्छ । त्यस्तै प्रति घण्टा १३० किलोमिटर सम्मको उच्च गतिमा गुडाउन सकिने कम्पनीकाे दाबी छ ।

७० किलोवाट मोटर क्षमता रहेको यो गाडीले अधिकतम १८० एनएम सम्मको टर्क जेनेरेट गर्दछ । नेपाली बजारमा यो गाडीको मूल्य ५९ लाख रुपैयाँ तोकिएको छ ।

त्यस्तै बीवाईडीकाे पछिल्लाे कार एट्टाे थी पछिल्लाे डेढ महिनाकाे अवधिमा नेपाली बजारमा १५० जनाले बुकिङ गरेकाे साइमेक्स इंकले जनाएकाे छ । याे गाडीकाे मूल्य ८९ लाख ९९ हजार रूपैयाँ ताेकिएकाे छ ।

पछिल्लो अध्यावधिक: मंसिर २७, २०७९ १४:४६