close

६ हजार बढीले लिए एनसेलको ई-सिम

टेकपाना टेकपाना

मंसिर २७, २०७९ १७:५१

६ हजार बढीले लिए एनसेलको ई-सिम

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटाले वितरण गर्न थालेकाे ई-सिम छ हजार बढी ग्राहकले लिएका छन् । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै एनसेलका इन्टरप्राइज सोलुसन म्यानेजर सुशिल विष्टले छ हजार बढी ग्राहकले ई-सिम लिएको जानकारी दिए ।

एप्पल, गुगल, सामसङ लगायत ब्राण्डका पछिल्ला स्मार्टफोनमा सपोर्ट हुने यस्ताे सिम हाल एनसेललाई मेसज गरेर सजिलै एक्टिभेट गर्न सकिन्छ । विष्टका अनुसार मोबाइल मोडेल अनुसार एउटा फोनमा सातदेखि १४ ओटासम्म प्रोफाइल बनाउन सकिन्छ ।

तर, एक पटकमा भने दुई ओटा मात्र ई-सिम प्रोफाइल एक्टिभेट गर्न सकिन्छ ।

स्मार्टफोनमा मात्र नभई विभिन्न ब्रान्डका ल्यापटप, ट्याब्लेटमा समेत प्रयोग गर्न सकिने ई-सिममा भौतिक सिम जस्तो बिग्रिने समस्या नरहने उनकाे भनाइ छ ।  त्यस्तै ई-सिम प्रयोग गर्दा कनेक्ट भएका डिभाइसमा सजिलै सेटअप गर्न सकिने, वातावरणमैत्री र विभिन्न सब्स्क्रिप्सन सजिलै लिन सकिने उनले जनाए । 

कम्पनीले गत मंसिर ९ गते ई-सिम सेवा सुरू गरेकाे छ ।

सम्बन्धित समाचार: एनसेलको ई-सिम, यी फोनमा गर्छ सपोर्ट

पछिल्लो अध्यावधिक: मंसिर २७, २०७९ १८:१४