close

विश्वकप फाइनलमा ह्याट्रिक गोल गरेपछि एम्बाप्पेको इन्स्टाग्राममा थपिए ४१ लाख फलोअर

टेकपाना टेकपाना

पुस ४, २०७९ १६:४२

विश्वकप फाइनलमा ह्याट्रिक गोल गरेपछि एम्बाप्पेको इन्स्टाग्राममा थपिए ४१ लाख फलोअर

काठमाडौं । २३ वर्षीय फ्रान्सेली फुटबलर किलियन एम्बाप्पेको इन्स्टाग्राम अकाउन्टमा २० घण्टामा ४१ लाख बढी फलोअर थपिएका छन् । फिफा विश्वकप २०२२ को फाइनल खेलमा अर्जेन्टिना विरुद्ध ह्याट्रिक गोल गरेपछि संसारभरबाट उनको चर्चा भइरहेको छ । यससँगै उनले लाखौँ प्रशंसक पनि बढाएका छन्, जसको नतिजा उनको इन्स्टाग्राम अकाउन्टमा देख्न सकिन्छ ।

आइतबार खेल सुरु हुनुअघि एम्बाप्पेको इन्स्टाग्राम अकाउन्टमा करिब सात करोड ८९ लाख फलोअर थिए । सोमबार दिउँसो साढे चार बजेसम्म उनको अकाउन्टमा आठ करोड ३० लाख बढी फलोअर रहेका छन् । अर्थात् २० घण्टाको अवधिमा एम्बाप्पेको इन्स्टाग्राम अकाउन्टमा ४१ लाख बढी फलोअर थपिएका छन् ।

यस्तै विश्वकप विजेता अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीको इन्स्टाग्राम अकाउन्टमा पनि ७० लाख बढी फलोअर बढेको देखिएको छ । साथै विश्वकप फाइनल खेलमा राम्रो प्रदर्शनी गर्ने अर्जेन्टिनाका गोलरक्षक मार्टिनेज र अर्जेन्टिनाका मिडफिल्डर डि मारियाले पनि राम्रो सङ्ख्यामा सामाजिक सञ्जालमा फलोअर बढाएका छन् ।

पछिल्लो अध्यावधिक: पुस ४, २०७९ १६:४५