close

खानेपानी क्षेत्रलाई अटोमेसनमा लैजाने दियालोको 'स्मार्ट वाटर मार्क प्रविधि' भरतपुरमा

टेकपाना टेकपाना

पुस ४, २०७९ २१:५८

खानेपानी क्षेत्रलाई अटोमेसनमा लैजाने दियालोको 'स्मार्ट वाटर मार्क प्रविधि' भरतपुरमा

चितवन । फिनटेक कम्पनी दियालो टेक्नोलोजिज प्रालिले विकास गरेको ​'स्मार्ट वाटर प्रविधि' भरतपुरमा पनि विस्तार भएको छ । कम्पनीले हालै भरतपुर महानगरपालिका खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा यो पूर्ण स्वचालित प्रविधि विस्तार गरेको हो ।

खानेपानी क्षेत्रलाई अटोमेसनमा लैजाने उद्देश्यसहित विकास गरिएको यो प्रविधिले कार्यालय व्यवस्थापनदेखि आर्थिक व्यवस्थापनजस्ता कार्यमा सहयोग पुग्ने कम्पनीले जनाएको छ ।

भरतपुरमा आयोजित एक कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले खानेपानी क्षेत्रमा प्रविधिको प्रयोग र त्यसमा जनताको पहुँच पुर्‍याउने कार्यमा महानगरपालिकाले सधैं सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

साे अवसरमा दियालोले खानेपानी समितिदेखि उपभोक्तासम्म, उत्पादन तथा वितरणदेखि उपभोक्ताको घरघरमा स्मार्ट मिटर रिडिङ्ग, बिलिङ्गदेखि जिन्सी व्यवस्थापन, पानीको गुणस्तर मापनदेखि ट्यांकी व्यवस्थापनसम्मका करिब १५ वटा प्रणालीहरुको विकास गरेको जानकारी दियाे ।

कम्पनीका अनुसार हालसम्म करिब ८०० ओटा खानेपानी समितिहरुलाई डिजिटलाइजेसन गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: पुस ४, २०७९ २१:५८