close

खल्तीबाट सानिमा लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा तत्काल रू. १ हजार क्याशब्याक

टेकपाना टेकपाना

पुस ७, २०७९ १४:३३

खल्तीबाट सानिमा लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा तत्काल रू. १ हजार क्याशब्याक

काठमाडौं । खल्ती डिजिटल वालेटबाट अब सानिमा लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्न सकिने भएको छ । यस सुविधासँगै अब खल्ती प्रयोगकर्ताले सानिमा लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा रू. १००० सम्मको क्याशब्याक पाउन सक्नेछन् ।

लामो लाइन बसी डिजिटल भुक्तानी गर्न, तुरुन्तै भुक्तानी गर्न र समयमै भुक्तानी नगर्दा लाग्ने जरिवानाबाट बच्न तथा ग्राहकलाई प्रोत्साहन गर्न यो सेवा ल्याएको खल्तीले जनाएको छ ।

यस्तो छ तरिका
१. खल्ती एपको होमस्क्रिनमा गई ‘इन्स्योरेन्स’ मा ट्याप गर्नुहोस्  ।
२. ‘सानिमा लाइफ इन्स्योरेन्स’ छनौट गर्नुहोस्  ।
३. मागिएको विवरण भरी भुक्तानी गर्नुहोस् 
 
प्रयोगकर्ताले भुक्तानी गरेपछि रु. १००० को तत्काल बोनस पाउनेछन् । तर, खल्ती प्रयोगकर्ताले तोकिएको मितिभन्दा अघि वा तोकिएको मितिपछिको ७ दिनभित्र प्रिमियम तिर्नुपर्ने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: पुस ७, २०७९ १५:५