close

क्यान महासंघको नयाँ कार्यसमितिका लागि आज निर्वाचन, को को भिड्दैछन् ?

टेकपाना टेकपाना

पुस ९, २०७९ १०:९

क्यान महासंघको नयाँ कार्यसमितिका लागि आज निर्वाचन, को को भिड्दैछन् ?

काठमाडौं । कम्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) को १४औं केन्द्रीय कार्यसमितिका लागि आज निर्वाचन हुने भएको छ । जिल्ला र प्रदेश समितिको साधारणसभा र अधिवेशन सकिएसँगै हुन लागेको महासंघको महाधिवेशनले नयाँ कार्यसमिति चुन्न लागेको हो ।

यसअन्तर्गत अध्यक्ष पदमा रणजित पौदार निर्विरोध चयन भइसकेका छन् । पौदार महासंघको पछिल्लो केन्द्रीय समितिमा उपाध्यक्षका रुपमा रहेका थिए । अघिल्लो निर्वाचनमै अध्यक्ष बन्ने योजना बनाएपनि तत्कालीन नवराज कुँवर प्यानल र सुनैना घिमिरे प्यानलले नयाँ कायसमितिमा सघाउने आश्वासन दिएपछि उनी पछि हटेका थिए ।

यसपटक अध्यक्षमा पौदारसँगै केही विधागत सदस्य पदमा पनि निर्विराेध चयन भएकाे छ । 

यसअन्तर्गत व्यक्तिगत समूह आजीवन खुलातर्फ दुई सदस्य पदका लागि सुमललाल प्रधान र हेमपाल श्रेष्ठ तथा सोही समूह अन्तर्गत आजीवन महिलातर्फ सरिता न्यौपाने निर्विरोध चयन भएका छन् ।

अर्कोतर्फ संस्थागत समूह साधारण खुलातर्फ पाँच सदस्य पदका लागि केशवप्रसाद भट्टराई, बुद्धरत्न मानन्धर, उमेश रघुवंशी, विश्वराम बलामी र अग्मा मालाकार निर्विरोध चयन भएका छन् ।

त्यस्तै संस्थागत समूह साधारण महिलातर्फ दुई पद संख्याका लागि सरिता सिंह र सिर्जना श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

व्यक्तिगत समूह तथा खुल्लातर्फको पाँच सदस्य पदका लागि भने राजु कट्टेल, ओमकार बस्नेत, दिपेन्द्र पौडेल, चन्द्र विलास भूर्तेल, सुवास खड्का, उदयकान्त झा र खुशल रेग्मी गरी आठ जनाले प्रतिस्पर्धा गर्दैछन् । त्यस्तै व्यक्तिगत समूह साधारण महिलातर्फ दुई सदस्य पदका लागि दिव्य तारा शाक्य, शिला कंशाकार कार्की, डोल्मा कुमारी शेर्पा, अदीप्ति गुप्ता र रीना श्रेष्ठ गरी पाँच जना भिड्दैछन् । 

संस्थागत समूह आजीवन खुल्लातर्फ दुई पद संख्याका लागि राजेन्द्र प्रसाद अर्याल, राजेश दुगड, विक्रम सिंह र नवीन जोशीले प्रतिस्पर्धा गर्दैछन् । संस्थागत समूह आजीवन महिलातर्फको पदमा भने कसैको उम्मेदवारी नपरेको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै विषयगत, समूह, खुलातर्फ तीन सदस्य पदका लागि निरञ्जन पटेल, नारायण बहादुर थापा, चिरञ्जीवी अधिकारी र प्रताप सापकोटाको मनोनयन परेको छ । विषयत समूह महिलातर्फको एक पदका लागि मिना अर्याल निर्विरोध चयन भएकी छन् ।

जिल्ला शाखा समूह अन्तर्गत प्रत्येक प्रदेशबाट दुई-दुई जना केन्द्रीय कार्यसमितिमा अटाउनेछन् । यसअन्तर्गत प्रदेश १, बागमती प्रदेश र कर्णाली प्रदेशबाट निर्विरोध सदस्य चयन भएका छन् ।

प्रदेश १ बाट ठाकुरकुमार श्रेष्ठ र भुपेन्द्र मैनाली, बागमती प्रदेशबाट शेखर दुलाल र सरुना श्रेष्ठ तथा प्रदेशबाट मनिराज पाण्डे र राम किशोर रावल निर्विरोध निर्वाचित भएका हुन् ।

मधेस प्रदेशबाट भने दिपक साह, भुपालदास श्रेष्ठ र दिपेन्द्रकुमार सिंह प्रतिस्पर्धा गर्दैछन् । त्यस्तै गण्डकी प्रदेशबाट चिन्तामणि बास्तोला, तुलसीराम पाण्डे, कृष्णप्रसाद पौडेल र अशोकबाबु राणा चुनावी मैदानमा छन् ।

त्यस्तै लुम्बिनी प्रदेशबाट नारायण श्रेष्ठ, रेशम गिरी र ध्रुवराज शर्मा (सुदिप) भिड्दैछन् भने सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्यका लागि हर्कबहादुर सेटी, कर्णराज पनरु, खेमराज ढुंगाना र लक्ष्मीप्रसाद पन्तको उम्मेदवारी परेको छ ।

जिल्ला समिति संस्थागत समूहतर्फ विक्रान्त कार्की र व्यक्तिगत समूहतर्फ हृदयमान श्रेष्ठ निर्विरोध चयन भएका छन् । लेखासमिति जिल्ला शाखातर्फ भने प्रभात श्रेष्ठ र प्रशान्त टण्डन श्रेत्रीबीच प्रतिस्पर्धा हुँदैछ । 

निर्वाचन समितिका अनुसार अपरान्ह १२ बजेपछि विद्युतीय भाेटिङ मसिनमार्फत मतदान सुरु हुनेछ ।

पछिल्लो अध्यावधिक: पुस ९, २०७९ ११:२