close

नयाँ मन्त्रिपरिषद्‌को सपथ ग्रहण सम्पन्न हुँदा समेत सरकारी वेबसाइटमा पुरानै प्रधानमन्त्री र मन्त्री

टेकपाना टेकपाना

पुस ११, २०७९ १६:५५

नयाँ मन्त्रिपरिषद्‌को सपथ ग्रहण सम्पन्न हुँदा समेत सरकारी वेबसाइटमा पुरानै प्रधानमन्त्री र मन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठनसँग सपथ ग्रहण समेत सम्पन्न भइसकेको अवस्थामा सरकारी वेबसाइटहरूमा भने पुरानै प्रधानमन्त्री र मन्त्री देखिएका छन् । सरकारी ढिलासुस्तीका कारण वेबसाइटहरूमा सामान्य किसिमको अपडेट समेत समयमै नभएको पाइएको हो । 

प्रधानमन्त्री दाहालले सोमबार तीन उपप्रधानमन्त्री सहित आठ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् । जसमा उपप्रधानमन्त्री सहित अर्थ मन्त्रालयमा नेकपा एमालेका विष्णु पौडेल, गृह मन्त्रालयमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा नारायणकाजी श्रेष्ठले जिम्मेवारी पाएका छन् ।

बाँकी मन्त्रालयको जिम्मेवारी भने तत्कालका लागि प्रधानमन्त्री दाहालकै काँधमा छन् । तर प्रधानमन्त्री देखि सम्बन्धित सम्पूर्ण मन्त्रालयका वेबसाइटहरूमा भने यो समाचार तयार पार्दासम्म शेरबहादुर देउवा नेतृत्वकै मन्त्रीहरू देखिएका हुन् ।  

पछिल्लो अध्यावधिक: पुस ११, २०७९ १६:५६