काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राहदानी विभागको अनुगमन गरेका छन् । सेवाग्राहीले निकै सास्ती भोग्नुपर्ने सरकारी निकायमध्ये रहेको राहदानी विभागमा बुधबार लामिछाने पुगेका हुन् ।
उनले विभागकाे काम र सेवा प्रवाहबारे महानिर्देशक सुरेन्द्रकुमार यादवसँग अपडेट लिएका थिए ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा बनेको नयाँ सरकारले विद्युतीय राहदानी सहितका सार्वजनिक सेवामा देखिएका समस्या समाधान गर्न प्रभावकारी याेजना ल्याउने निर्णय गरेसँगै लामिछाने राहदानी विभागकाे अनुगमन गर्न पुगेका हुन् ।