close

नियामक स्वायत्त र व्यवसायिक बन्न जरुरी छः सञ्चारमन्त्री खतिवडा

टेकपाना टेकपाना

फागुन २०, २०७६ ११:३९

नियामक स्वायत्त र व्यवसायिक बन्न जरुरी छः सञ्चारमन्त्री खतिवडा

सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले नियामकको स्वायत्त र व्यवसायिक कार्यमा हस्तक्षेप नहुने बताएका छन् । नियामक नेपाल दूरसञ्चार प्राधिकरणको २२ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री खतिवडाले नियामकको स्वतन्त्र भुमिकामाथि जोड दिएका हुन् ।

तोकको आधारमा हुँदै आएको फ्रिक्वेन्सी वितरणको कार्य अन्त्य गरिएको भन्दै उनले प्राधिकरण व्यवसायिक र निकायको रुपमा स्थापित गर्न आफूले सहयोग गर्ने वचन मन्त्री खतिवडाले दिए । ‘उपभोक्ताको हीतलाई ध्यान दिएर सेवा सुधार गर्दै जानुपर्नेछ,’ उनले भने, ‘त्यसैले कसैको मुख हेरेर हैन, राज्य र जनतालाई फाइदा हुने गरी प्राधिकरणले काम गर्न जरुरी छ । स्वायत्त र व्यवसायिक काममा सरकारबाट कुनै हस्तक्षेप हुँदैन । त्यसैले विवेक प्रयोग गरेर आफ्नो भुमिका निभाउनुहोस् । ‘

निजी क्षेत्रलाई समेत सहभागी गराउने नीतिकै कारण नेपालले दूरसञ्चार सेवाको क्षेत्रमा महत्वपुर्ण उपलब्धि हात पारेको मन्त्री खतिवडाको भनाई थियो । तर लाइसेन्स होल्ड गरेर बस्ने र तोकिएको काम नगरेर अदालत जाने प्रबृत्तिको अन्त्य गर्नुपर्नेमा उनको जोड थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०