एपको कुनै पनि नयाँ फिचर सधैं केही समय लगाएर बेटा भर्सन हुँदै सार्वजनिक प्रयोगका लागि आउने गर्छ । डार्क मोड पनि यस्तै हो । यदि तपाईं सार्वजनिक हुने एपको फिचरलाई पर्खिन सक्नुहुन्न वा त्यसलाई चलाउन आतुर हुनुहुन्छ भने बेटा एप डाउनलोड गर्नुहोस् ।
ह्वाट्सएपले प्ले स्टोरमा अफिसियल बेटा प्रोग्राम राखेको छ । तर यसमा नयाँ बेटा टेस्टरका लागि ठाउँ भने छैन । यसकारण तपाईंको लागि राम्रो विकल्प भनेको लेटेस्ट बेटा एपीकेलाई साइडलोड गरेर इन्स्टल गर्नु नै हो ।
तर यसो गर्नु अघि तपाईंले आफ्नो ह्वाट्स एप म्यासेज र मिडियालाई ब्याकअप भने गर्नुपर्ने हुन्छ । जसले गर्दा केही समस्या आएपनि तपाईंले आफ्ना अमूल्य म्यासेजहरु गुमाउनु हुनेछैन । यसका लागि सबैभन्दा पहिले गूगल ड्राइभमा आफ्नो म्यासेजहरु ब्याकअप गर्नुहोस् । र एप साइडलोड गर्नलाई निम्न तरिकाहरु अप्नाउनुहोस् ।
अब डाउनलोड भएको फाइल खोल्नुहोस् र इन्स्टल गर्नुहोस् ।
अहिले ह्वाट्सएपले पछिल्लो समय बेटामा डार्क मोड ल्याएको छ । एप इन्स्टल गरिसकेपछि एपको सेटिङमा जानुहोस् र त्यहाँ रहेको च्याट्सहुँदै थिममा गएर डार्क मोड चलाउन सक्नुहुन्छ । एप इन्स्टल गरिसकेपछि तपाईं पुनः क्रोमलाई अननोन एप इन्स्टल गर्न नपाउने गरी सेटिङबाट डिसेबल गरिदिनुस् ।