एजेन्सी । गत बिहीबार एप्पलले आफ्नो नयाँ आईप्याड प्रो सार्वजनिक गर्यो । एप्पलले सार्वजनिक गरेको उक्त आईप्याड एकदमै अत्याधुनिक छ ।
तर मूल्यको आधारमा भने यो एकदमै महंगो छ । ११ इञ्च र १२.९ इञ्चको आकारमा रहेको यो आईप्याडको आधारभूत मूल्य नै क्रमशः ७९९ डलर र ९९९ डलर रहेको छ ।
यी दुबै आईप्याडमा १२८ जीबीको स्टोरेज र वाइफाई कनेक्टिभिटी रहेको छ । हाल विभिन्न फिचर तथा भेरियन्टमा उपलब्ध यो आईप्याड प्रोको मूल्य सूची यस्तो छः
११ इञ्चको वाईफाई कनेक्टिभिटी सहितको आईप्याड प्रो भेरियन्टको मूल्यः
- १२८ जीबी स्टोरेजको ७९९ डलर
- २५६ जीबी स्टोरेजको ८९९ डलर
- ५१२ जीबी स्टोरेजको १, ०९९ डलर
- १ टीबी स्टोरेजको लागि १,२९९ डलर
१२.९ इञ्चको वाईफाई सहितको आईप्याड प्रो भेरियन्टका मूल्यः
- १२८ जीबी स्टोरेजको ९९९ डलर
- २५६ जीबी स्टोरेजको १,०९९ डलर
- ५१२ जीबी स्टोरेजको १, २९९ डलर
- १ टीबी स्टोरेजको १, ४९९ डलर
११ इञ्चको वाईफाई र सेलुलर आईप्याड प्रो भेरियन्टको मूल्यः
- १२८ जीबी स्टोरेजः ९४९ डलर
- २५६ जीबी स्टोरेजः १,०४९ डलर
- ५१२ जीबी स्टोरेजः १२४९ डलर
- १ टीबी स्टोरेजः १ ४४९ डलर
१२.९ इञ्चको वाईफाई र सेलुलर आईप्याड प्रो भेरियन्टको मूल्यः
- १२८ जीबी स्टोरेजः १, १४९ डलर
- २५६ जीबी स्टोरेजः १, २४९ डलर
- ५१२ जीबी स्टोरेजः १, ४४९ डलर
- १ टीबी स्टोरेजः १,६४९ डलर
यस्तै यो आईप्याडका लागि आवश्यक एप्पल पेन्सिलको मूल्य १२९ डलर रहेको छ । यस्तै ११ इञ्च भेरियन्टका लागि २९९ डलरको किबोर्ड उपब्ध छ । १२.९ इञ्चको आईप्याड प्रोका लागि ३४९ डलर रहेको छ ।
मार्च २०२० मा अपडेट गरिएका यी दुई साइज भेरियन्टका आईप्याडमा फास्टर एट्वेल्भ जेड बायोनिक चिप रहेको छ । यस्तै पुरानो १२ मेगापिक्सेल क्यामेरालाई कम्प्लिमेन्ट गर्ने नयाँ १० मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा रहेको छ ।
अग्मेन्टेड रियालिटी र यसको अनुभवलाई परिस्कृत गर्न यसमा ली डीएआर डेप्थ स्क्यानर रहेको छ । यसमा एज टु एज डिस्प्ले छ जसकारण कुनै होम बटन दिइएको छैन । यो अहिले सिल्भर र स्पेस ग्रे रंगहरुमा उपलब्ध छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६
