काठमाडौं । नेपाली युवा दिवेश पोखरेल अर्थात अर्थर गन अमेरिकन आईडलको उप विजेदा बने । भोटिङका आधारमा आइतबार भएको फाइनलमा जस्ट साम अमेरिकन आईडल बनेपछि नेपाली युवा पोखरेलले उप विजेतामै चित्त बुझाउनुपर्यो ।
परम्परागत विधिमा चलिरहेका धेरै क्षेत्रलाई कोभिड-१९ अर्थात कोरोना महामारीले सृजनात्मक हुन र लचिलो बनाइरहेको छ । केही समय अघि असम्भव देखिएका क्षेत्रहरु अहिले पुनः सञ्चालनमा आएका छन् ।
नेपाली युवा दिवेश पोखरेल अर्थात अर्थर गन । तस्वीरः अमेरिकन ब्रोडकास्टिङ कम्पनी
विश्व लडाउनका कारण घरभित्र थुनिएको अवस्थामा सेवा सञ्चालनलाई सहजीकरण गर्ने उद्देश्यले धेरै नेटवर्क प्लेटफर्महरु विकास भइरहेका छन् ।
एप्पलले विभिन्न प्रडक्सन हाउसहरुसँग मिलेर काम गरिरहेको छ । उसले प्रोड्युसर तथा होस्टहरुलाई एप्पल पावर्ड रिग्सहरु उपलब्ध गराइरहेको छ ।
एप्पलको आईफोन पावर्ड रिग्स प्रयोग गर्ने सूचीमा पार्क्स एण्ड रिक्रिएसन रियुनियन, कोनान ओब्रियन र जिम्मी फ्यालोन्सको लेट नाइट शो र लोकप्रिय रियालिटी शो अमेरिकन आईडल रहेका छन् ।
अहिले एबीसी शोका प्रोड्युसहरुले एप्पलका त्यस्ता होम स्टुडियो रिग्सहरु सबै प्रतिस्पर्धीहरुको घरघरमा पठाइरहेका छन् । अमेरिकन आईडलका प्रतिस्पर्धीहरुले समेत घरबाट नै फाइनलका एपिसोडमा भाग लिए ।
जजले तिनै प्रस्तुतीहरुको मूल्याङ्कन गरे । यसक्रममा फाइनलका सबै सिनहरु आईफोनबाटै शूट भए ।
अमेरिकन आईडल विजेता जस्ट साम । तस्वीरः पेटा पिक्सेल
एप्पलको यो होम स्टुडियो रिगमा तीनवटा क्यामेरा सेटअप, तीन वटा आईफोन इलाभेन प्रो, एउटा ट्राइपोड र एउटा रिङ लाइट रहेको छ ।
प्रडक्सन टिमले टाढै बसेर सुरक्षित तवरबाट क्यामेरा सेटअप र एडिटिङमा सहयोग गरे । यसैगरी अहिले धेरै टेलिभिजन र फिल्म स्टुडियोहरुले स्मार्टफोनबाट सामग्रीहरु उत्पादन गरिरहेका छन् ।
नेपाली युवा दिवेश पोखरेल अर्थात अर्थर गनको फाइनल राउण्डको प्रस्तुति