close

फेसबुकलाई ३२ करोड जरिवाना

टेकपाना टेकपाना

असोज २४, २०७६ १४:०

फेसबुकलाई ३२ करोड जरिवाना

टर्किले सामाजिक सञ्जाल फेसबुक इंकलाई जरिवाना गरेको छ । तथ्याङ्क सुरक्षा कानुनको विरुद्ध कार्य गरेको भन्दै फेसबुकलाई टर्किले १.६ लिरा अर्थात दुई लाख ८२ हजार अमेरिकी डलर जरिवाना गरेको हो ।

जुन नेपाली ३१ करोड ९६ लाख ७५ हजार हो । टर्किको डाटा प्रोटेक्सन बोर्डका अनुसार फेसबुकको कारण झन्डै तीन लाख मानिस प्रभावित भएका छन् । पछिल्लो समय क्याम्ब्रिरिज एनालिटिक्स लगायतका थर्ड पार्टिलाई युजरको डाटा दिएको आरोपमा अमेरिकामा मुद्धा खेपिरहेको फेसबुकलाई टर्किले पनि कारबाही गरेको हो ।

टर्किको डाटा प्रोटेक्सन बोर्डका अनुसार फेसबुकले दुई लाख ८० हजार नौं सय ५९ जना टर्कीका फेसबुक प्रयोगकर्ताको व्यक्तिगत सूचना लिक गरेको छ । त्यसमा व्यक्तिको नाम, जन्म मिती, लोकेसन, सर्च हिस्ट्री लगायतका सूचना तथा जानकारी थर्ड पार्टीलाई उपलब्ध गराएको उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३