काठमाडौं । गुगलले आफ्नो एन्ड्रोइड कीबोर्ड अर्थात् जीबोर्डमा स्मार्ट रिप्लाई फिचर ल्याएको छ । याे फिचरमा प्रयोग भएकाे मसिन लर्निङले कुनै पनि शब्द वा वाक्य लेखिरहँदा प्रयोगकर्तालाई सही तरिकाले लेख्न तल अप्सन प्रदान गर्दछ ।
जीबोर्डको कीबोर्ड प्रयोग गरिरहँदा गोपनीयतालाई लिएर प्रयोगकर्ताहरु यसमा ढुक्क हुन सक्छन् । प्रयोगकर्ताको किस्ट्रोक अर्थात् थिचेको कीको जानकारी र तथ्यांक नलिने र त्यसलाई अरुसँग शेयर नगर्ने प्रतिबद्धतामा वर्षौंदेखि जीबोर्ड अडिग छ ।
तर यदि तपाईंले जीबोर्ड एपमा गुगल सर्च सब्मिट गर्नुभयो वा कम्पनीको सर्भिसमा अन्य डेटा इन्पुट गर्नुभयो भने त्यसलाई जुनसुकै कीबोर्डबाट देख्न सकिन्छ ।
तर रिप्लाई रिकोमेन्डेसनको फिचरमा भने गोपनीयताको राम्रो सुविधा छ । मोबाइलमा भइरहेको गतिविधिको रियल टाइम एनालिसिस भएर उत्पन्न हुने रिप्लाई रिकोमेन्डेसन सुरक्षित र उपयोगी छ ।
जीबोर्डको यो नयाँ फिचरले इमोजी र टेक्स्टको सही रेकोमेन्डेसन प्रदान गर्ने जीबोर्डका इन्जिनियरिङ डाइरेक्टर सु लिउ भन्छिन् । गोपनीयता आफ्नो पहिलो प्राथमिकता भएको कारण प्रयोगकर्ताले लग गरेको कुनै पनि किसिमको जानकारी विवरण तथा डेटा कुनै पनि किसिमको सर्भरमा स्टोर नहुने उनी बताउँछिन् ।
गोपनीयतालाई कायम राख्न गुगलले सबै आवश्यक अल्गोरिदमलाई डिभाइसमा लोकल्ली नै रन गरिरहेको बताएको छ । साथै गुगलले जीबोर्डलाई कुनै पनि डेटा प्रोसेसिङको लागि विश्वस्त भएर अधिकार नदिने समेत उसले बताएको छ ।
डिभाइसमा सबै एआई म्याजिकको सावधानी अपनाए पनि कुनै पनि एपमा कीबोर्ड एक्सेस दिदाँ त्यसले जोखिम निमत्याउने गुगलको भनाइ छ । कुनै कुनै मेलिसियस एपहरुले आफूले हर्न नहुने डेटामा एक्सेस पाउन जीबोर्ड एपलाई अट्याक गर्न सक्ने गुगल बताउँछ ।
यसलाई समाधान गर्न जीबोर्डसँग एउटा जुक्ति छ । गुगलले जीबोर्डलाई नै यो इक्वेसनबाट बाहिर निकालेर रेस्पोन्स रेकोमेन्डेसन निर्धारण गर्ने जिम्मा एन्ड्रोइड अपरेटिङ सिस्टम आफैंलाई मसिन लर्निङ प्रयोग गरेर स्थानन्तरण गरिदिने उपाय ल्याएको छ ।
पहिलेदेखि नै एन्ड्रोइडले सबै एप तथा सेवाहरुलाई सञ्चालन गरिरहेको हुँदा यसमाथि मानिसहरुको डेटा सुरक्षाको भरोसा पनि कायमै छ । तर कुनै पनि अत्याधुनिक माल्वेयर जसले फोनको अपरेटिङ सिस्टमलाई नै रेनस्याक गर्न सक्छ भने यसले कुनै कुरालाई पनि सुरक्षित र बाँकी राख्ने छैन ।
यसकारण अहिले जीबोर्डमा कुनै पनि रेकोमेन्डेसन रिप्लाई पपअप हुन्छ भने यो नसोच्नुहोस कि तपाईं जीबोर्ड एपको मद्दत लिइरहनु भएको छ ।
वास्तवमा यस्तो बेला एन्ड्रोइड प्लेटफर्म र जीबोर्डको सहकार्यको अनुभव तपाईंले गरिरहनु भएको हुन्छ । जीबोर्ड एन्ड्रोइडको डिफल्ट एप हो तर यो आईओएसमा पनि चल्दछ ।