close

नेपाल टेलिकमको एप डाउनलोड गर्दा ५ सय एमबी डेटा नि:शुल्क

टेकपाना टेकपाना

असोज २९, २०७७ १७:३१

नेपाल टेलिकमको एप डाउनलोड गर्दा ५ सय एमबी डेटा नि:शुल्क

काठमाडौं । नेपाल टेलिकमले पहिलोपटक आफ्नो मोबाइल एप डाउनलोड गर्ने ग्राहकलाई ५ सय एमबी डेटा नि:शुल्क उपलब्ध गराउने भएको छ ।

मोबाइल एपको प्रयोगलाई बढावा दिने योजनाका साथ टेलिकमले यो अफर सञ्चालनमा ल्याएको हो । अफर आउँदो कात्तिक १ गतेबाट सुरु हुने उल्लेख गरिएको छ ।

यसअन्तर्गत पहिलो पटक एप डाउनलोड गर्ने र लगइन गर्ने नेपाल टेलिकमका ग्राहकले ५ सय एमबीपीएस मोबाइल डेटा प्राप्त गर्नेछन् ।

नेपाल टेलिकमको एप्लिकेशन एन्ड्रोइड प्रयोगकर्ताले प्लेस्टोर र आईओएसका प्रयोगकर्ताले एपस्टोरबाट डाउनलोड गर्नसक्ने छन् ।

यसका साथै नेपाल टेलिकमले पुराना ग्राहकलाई लक्षित गर्दै फोरजीको अफर सार्वजनिक गरेको छ । जसमा प्रयोगकर्ताले आफ्नो सिमकार्ड फोरजीमा स्तरोन्नति गरेको खण्डमा नि:शुल्क एक जीबी डेटा पाउने छन् ।

कम्पनीका अनुसार ग्राहकले *४४४# डायल गरी फोरजीमा स्तरोन्नति गर्न सक्नेछन् । त्यसरी फोरजीमा स्तरोन्नति हुँदा कुल एक जीबी डेटा नि:शुल्क उपलब्ध हुनेछ । तर, त्यसमा पाँच सय एमबी फोरजी नेटवर्कबाट मात्र खपत हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३